२०८२ असार २१ गते, शनिबार २३:११

हिन्दु धर्म र संस्कृतिको संरक्षण र प्रवर्द्धनमा कुनै सम्झौता हुँदैन: सुजता कोइराला

मोरङ/काँग्रेस नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजता कोइरालाले मुलुकलाई पुनः हिन्दूराष्ट्रको रूपमा स्थापित गर्नुपर्नेमा जोड दिएकी छन्।

शनिवार विराटनगर विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै नेतृ उनले हिन्दु धर्म र संस्कृतिको संरक्षण र प्रवर्द्धनमा कुनै सम्झौता नगर्ने बताइन्।

धर्मनिरपेक्षताको कारण मुलुकमा धार्मिक, सांस्कृतिक र सामाजिक विग्रह आएको बताउँदै उनले मुलुकलाई हिन्दू राष्ट्र बनाउने अभियानमा सबै नेपाली एक जुट हुनुपर्नेमा जोड दिइन्।

त्यसैगरी, नेतृ कोइरालाले पार्टीभित्र नयाँ नेतृत्वको आवश्यकता रहेको बताइन्।

वर्तमान नेतृत्वले पार्टीलाई बलियो बनाउन नसकेको बताउँदै कोइरालाले १५ औं महाधिवेशनमा डाक्टर शेखर कोइरालालाई पार्टी सभापति बनाउन एक जुट हुनुपर्ने बताइन्।

पार्टीभित्र रहेको आन्तरिक कलह अन्त्य गर्न सहमति र समझदारीको खाँचो रहेको उनले प्रस्टाइन्।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM