Tuesday, November 26, 2024
घरपत्रपत्रिकाकृष्ण जन्माष्टमी: रौतहटको कृष्ण मन्दिरमा ऐतिहासिक भीड़

कृष्ण जन्माष्टमी: रौतहटको कृष्ण मन्दिरमा ऐतिहासिक भीड़

राधेश्याम साह/

रौतहट /प्रेमको महा पर्व आज श्री कृष्ण जन्माष्टमीको अवसरमा सोमबार रौतहटका विभिन्न कृष्ण मन्दिरमा व्रतालु एवं दर्शनार्थीहरुको भीड लागेका छन्।

सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् ।

भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ मनाउँदै आएका छन ।

यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन, झुला उत्सव गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ गरी रातभर जाग्राम बस्ने प्रचलन छ ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेराणाको प्रतीक मानी आएका छन ।

महाभारत कुरुक्षेत्रमा उपदेश:-

कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ अथवा गीता नामले विश्वमै यो ग्रन्थ स्थापीत भएको विश्वास गरिन्छ ।

जन्म देखि नै आफ्ना विचित्र अनौठो लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ ।

यस अवसरमा सोमबार रौतहटको गौर नगरपालिका वडा न.१ स्थित हाट बजार नजिकै प्रसिद्ध कृष्णमन्दिरमा मेला सहितको भजन किर्तन लगायत झुला महोत्सव हुने गर्दछन।

यसैगरी रौतहटको देवाही गोनाही नगरपालिका वडा न.९ टोल धरहरिमा रहेका कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्छ ।

त्यस्तै रौतहटकै दुर्गाभगवती गाउँ पालिका र राजदेवी, मौलापुर लगायतमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गरेको छ ।

यसै उपलक्ष्यमा रौतहट गौरको कृष्ण मन्दिरमा विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा,झुला महोत्सव,किर्तन भजन लगायत धार्मिक प्रवचन हुने चलन रहेका छन्। ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -