२०८३ असार १९ गते, शुक्रबार ०९:५७

सञ्चार मन्त्रालयद्वारा सचिव सुवेदीको बिदाई




काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रालयका सचिव रामकृष्ण सुवेदीलाई आज एक कार्यक्रमबीच बिदाइ गरेको छ ।

मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार सञ्चार मन्त्रालयबाट सरुवा हुनुभएका सचिव सुवेदीको बिदाइ कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सरुवा हुनुभएका सचिव सुवेदीको आगामी दिन अझ बढी सफल होस् भन्ने शुभकामना दिनुहुँदै यसलाई नियमित पक्रियाको रुपमा लिन आग्रह गर्नुभयो ।

कार्यक्रममा मन्तव्य राख्दै सचिव सुवेदीले मन्त्रालयमा रहँदा आफूले मन्त्रालय अन्तर्गत गर्नुपर्ने नीतिगत कामहरू सफलतापूर्वक गरेको र आगामी दिनमा पनि आफूले पाएको जिम्मेवारी कर्तव्यनिष्ठ भई निर्वाह गर्ने बताउनुभयो ।

सञ्चार सचिव सुवेदी रेडियो प्रसार सेवा विकास समिति रेडियो नेपाल सञ्चालक समितिको अध्यक्ष समेत रहनुभएको थियो । सञ्चार मन्त्रालयका सचिव रेडियो नेपाल सञ्चालक समितिको पदेन अध्यक्ष रहने व्यवस्था रहेको छ । 

समारोहमा मन्त्रालयका उच्च अधिकारी, कर्मचारीहरूसँगै मन्त्रालय सम्वद्ध विभिन्न निकाय, संघसस्थाका उच्च अधिकारी तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

जनकपुरको आध्यात्मिक विरासत जोगाउन अष्टावक्र गीताको प्रवर्द्धन आवश्यक : स्वामी आनन्द अरुण

काठमाडौं। साहित्यकार सुमी लोहनीद्वारा अनुसिर्जन गरिएको ‘अष्टावक्र महागीतामृत’ कृतिको काठमाडौंस्थित

जनकपुरको आध्यात्मिक विरासत जोगाउन अष्टावक्र गीताको प्रवर्द्धन आवश्यक : स्वामी आनन्द अरुण

काठमाडौं। साहित्यकार सुमी लोहनीद्वारा अनुसिर्जन गरिएको ‘अष्टावक्र महागीतामृत’ कृतिको काठमाडौंस्थित

Live

Listen Live FM