२०८३ जेष्ठ १४ गते, बिहीबार १६:४९

कास्कीमा १२९ फरार प्रतिवादी पक्राउ

पोखरा/जिल्ला प्रहरी कार्यालय कास्कीले १२९ फरार प्रतिवादीलाई पक्राउ गरेको छ। अदालतले दोषी ठहर गरेका १२९ प्रतिवादीलाई प्रहरीले असारमा महिनाभर पक्राउ गरेको हो।

सबैभन्दा धेरै चेक अनादार मुद्वामा फरार प्रतिवादीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए। उनका अनुुसार चेक अनादार मुद्वामा मात्रै ३३ जना फरारलाई पक्राउ गरिएको हो।

सम्बन्ध विच्छेद मुद्वामा १८, केही सार्वजनिक अपराध मुद्वामा १३, जुवातासमा ९, बैंकिङ कसुर, नकवजनी चोरी, पशुपंक्षी सम्बन्धी कसुरमा मा ६/६ जना, बिगो, लागूऔषध, नाता कायम, जालसाजी मुद्वामा ५/५ जना पक्राउ परे।

अभद्र व्यवहार, लेनदेनमा ४\४ जना फरार प्रतिवादीलाई पक्राउ गर्न कास्की प्रहरी सफल भएको छ। वन पैदावारको अनियमित निकासी, साधारण चोरी, झुट्टा बखपत्रमा २÷२ जना, कुटपिट, ज्यान मार्ने उद्योग, सवारी ज्यान र घरेलु हिंसाका १\१ जना समातिएका छन्।

फरार प्रतिवादीलाई पक्राउ गरेर फैसला कार्यन्वयनका लागि अदालत पेश गरेको डिएसपी शर्माकोे भनाइ छ। पक्राउ परेकाबाट ९ वर्ष ७ महिना १० दिन कैदसँगै दुई करोड ९० लाख तीन हजार ७८३ रुपैयाँ जरिवाना असुल गर्न बाँकी छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM