२०८२ चैत्र २५ गते, बुधबार १४:१४

मौद्रिक नीतिअघि यस्तो देखियो आर्थिक सूचक, हेर्नुहोस् १० ग्राफमा

२६ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति तर्जुमा तयारी गरिरहेको छ ।

ढिलोमा साउन दोस्रो साताभित्र मौद्रिक नीति आउने गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । वर्तमान सरकारले बजेट ल्याए पनि बजेट कार्यान्वयन गर्न भने नयाँ सरकार आउने निश्चित छ ।

२०७६ चैतमा गभर्नर नियुक्त भएका अधिकारीले कार्यकालको अन्तिम मौद्रिक नीति ल्याउँदैछन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा गभर्नर नियुक्त भएका अधिकारीले कार्यकालको अन्तिम मौद्रिक नीति ल्याउँदै गर्दा पुनः ओली नै प्रधानमन्त्री बन्ने करिब निश्चित छ ।

आन्तरिक अर्थतन्त्र शिथिल बनेको र आमनागरिक तथा निजी क्षेत्रमा चरम निराशा छाएका बेला बजेटले उत्साह थप्न सकेको छैन । यस्तोमा मौद्रिक नीतिले नै निजी क्षेत्रसँगै बैंकिङ क्षेत्र बचाउँदै नयाँ उत्साह छर्नुपर्ने माग समग्र निजी क्षेत्रले गरेको छ ।

कार्यकालको अन्तिम मौद्रिक नीतिको पूर्वसन्ध्यामा प्रकाशित केही आर्थिक सूचकले मौद्रिक नीतिमा निजी क्षेत्रको उत्साह बढाउने गरी लचकता अपनाउने ठाउँ केन्द्रीय बैंकसँग रहेको देखाएका छन् ।

मूल्य र वाह्य क्षेत्रमा कुनै समस्या नभएपछि वित्तीय क्षेत्रमा भने ठूलो दबाबको अवस्था देखिएको छ । भूकम्प र कोभिडपछि पनि नदेखिएको दबाब पछिल्लो दुई वर्षयता बैंकहरूको निष्क्रिय कर्जामा भएको वृद्धिले देखाएको छ ।

कोभिडपछिको जोखिम सार्दै गएको र अर्थतन्त्रमा देखिएको शिथिलताको असर अहिले बैंकिङ क्षेत्रमा परेको बैंकरहरू नै बताउँछन् । बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेको र ब्याजदर घट्दा समेत लगातार दोस्रो वर्ष पनि कर्जा विस्तार न्यून छ ।

निजी क्षेत्रमा देखिएको निराशाले कर्जाको माग न्यून छँदैछ । बैंकहरूले कर्जा विस्तारका लागि रणनीति लिएको पनि देखिँदैन । बैंकिङ क्षेत्रमा बिग्रिँदो सम्पत्तिको गुणस्तरको दबाब छ ।

सोही कारण चाहेर पनि बैंकहरूले कर्जा विस्तार रणनीति लिन नसकेको बैंकरहरू बताउँछन् । अर्थतन्त्र चलायनमान बनाउन ‘मनी सप्लाई’ बढाउनुपर्ने अवस्थामा बैंकिङ क्षेत्र समस्यामा हुँदा त्यसले समेत अर्थतन्त्रमा प्रभाव परेको हो ।

राष्ट्र बैंकले बैंकिङ क्षेत्रको दबाब कम गर्न भन्दै पूँजी स्रोत विकल्पमा लागेको छ । तर, जोखिमपूर्ण सम्पत्ति बढेर प्रोभिजन बढ्ने र कर्जा नउठेर दबाबमा रहेको बैंकिङ क्षेत्रले पूँजी थप गर्ने स्रोत व्यवस्थापन गर्दैमा समस्या समाधान नहुने वित्तीय क्षेत्रका जानकार बताउँछन् ।

मूल्य र वाह्य क्षेत्र स्थायित्वमा समया नभए पनि वित्तीय क्षेत्रको समस्या समाधान गर्न सक्दा मात्रै अर्थतन्त्रले गति लिन सक्ने विज्ञहरूको तर्क छ ।

सहकारी र लघुवित्त समस्या बढ्दै गएको अवस्थामा बैंकहरू पनि दबाबमा छन् । तरललताकै कारण वित्तीय स्थायित्वमा कुनै समस्या नभए पनि विग्रदो सम्पत्तिको गुणस्तर वित्तीय क्षेत्रका लागि जोखिमपूर्ण बन्दै गएको छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिपूर्व बिहीबार प्रकाशित गरेको चालु आव ११ महिनाको तथ्यांकले पनि केही क्षेत्र धेरै नै सहज रेह पनि अर्थतन्त्रको समग्र अवस्था भने सहज नभएको देखाउँछ ।

रेमिट्यान्स र सेवा क्षेत्रमा देखिएको वृद्धि तथा वैदेशिक व्यापारमा भएको संकुचनले चालु खाता, शोधनान्तर स्थिति र विदेशी विनिमय सञ्चिति उलेख्य बढेको छ ।

वाह्य क्षेत्रका सूचकहरूले आर्थिक गतिविधि विस्तारका लागि बलियो आधार तयार पारे पनि आन्तरिक आर्थिक गतिविधि भने बढ्न सकेको छैन । मूल्यवृद्धि नियन्त्रित बन्दै गएको, घटेको ब्याजदर र बैंकिङ क्षेत्रमा रहेको पर्याप्त लगानीयोग्य स्रोत साथै वाह्य क्षेत्रमा देखिएको मजबुतीले आर्थिक गतिविधि चलायमान बनाउन आधार सिर्जना गरेको छ ।

अधिकांश आर्थिक सूचक सकारात्मक हुँदाहुँदै निजी क्षेत्रमा प्रवाह हुने कर्जामा देखिएको सुस्तता र सरकारी वित्तमा परेको दबाब तथा आयात र निर्यात तथ्यांकले आर्थिक गतिविधि कमजोर रहेको देखाउँछ ।

सहकारी क्षेत्रमा देखिएको संकट र कमजोर आन्तरिक मागले अर्थतन्त्र अपेक्षित विस्तार हुन नसकेको अन्तर्राष्ट्रिय मुद्रा कोषले समेत बताएको छ ।

राष्ट्र बैंकको तथ्यांकका आधारमा अनलाइनखबरले १० ग्राफमा अर्थतन्त्रको चित्र प्रस्तुत गरेको छ :

१. गएको दुई आर्थिक वर्षमा लगातार उच्च देखिएको मुद्रास्फीति चालु आवमा भने मौद्रिक नीतिको लक्षित सीमाभित्र छ । २०७८/७९ को औसत मुद्रास्फीति ६.३२ प्रतिशत र २०७९/८० को ७.७४ प्रतिशत रहेकोमा चालु आव ११ महिनामा ५.६२ प्रतिशत छ । पछिल्ला महिना मुद्रास्फीति नियन्त्रित देखिन्छ । वार्षिक बिन्दुगत आधारमा हेर्दा २०७९ असार मसान्तमा ८.०८ प्रतिशत र २०८० असार मसान्तमा ७.७४ प्रतिशत मुद्रास्फीति थियो । २०८१ जेठमा ४.१७ प्रतिशत छ ।

२. लगातार दोस्रो वर्ष पनि निर्यात व्यापारमा शिथिलता देखिएको छ । कोभिडका बेला र कोभिडपछि २०७७/७८ तथा २०७८/७९ मा लगातार ४४.४ र ४१.७ प्रतिशतले बढेको निर्यात गत आवमा २१.४ प्रतिशतले घटेको थियो । चालु आव ११ महिनामा पनि गत आव सोही अवधिको तुलनामा ३ प्रतिशतले घटेको छ ।

३. आयातमा पनि सोही प्रवृत्ति देखिन्छ । जसले आन्तरिक आर्थिक गतिविधि शिथिल रहेको देखाउँछ । कोभिडका बेला र कोभिडपछि २०७७/७८ र २०७८/७९ मा लगातार २८.६६ र २४.७२ प्रतिशतले बढेको आयात गत आवमा १६.०८ प्रतिशतले घटेको थियो । चालु आव ११ महिनामा पनि गत आवको सोही अवधिको तुलनामा १.८० प्रतिशतले घटेको छ ।

कोभिडपछिको लचिलो मौद्रिक नीति र घटेको ब्याजदरले सेयर बजारमा उच्च कर्जा विस्तारसँगै रियल इस्टेट र सेयर बजार उच्च वृद्धि भयो । जसबाट आर्थिक पूँजीगत लाभले उपभोग्य वस्तुको माग बढायो । जसले आयातमा वृद्धि भए पनि त्यसलाई नियन्त्रण गर्न राष्ट्र बैंक र सरकारले विभिन्न हस्तक्षेप गर्नुपरेको थियो । तर, पछिल्लो दुई वर्षमा वैदेशिक रोजगारी र अध्ययनमा जाने युवा उच्च रूपमा बढेका कारण खर्च गर्ने युवा घटेको, पर्यटक केही बढे पनि विदेशिने युवाले बढाउने माग पर्यटकले बढाउन नसक्दा मागमा नै संकुचन छ । दुग्ध किसानको भुक्तानी समस्या सहकारी र लघुवित्त समस्याले गर्दा मध्यम वर्गीयले आफ्नो बचतबाट गर्ने खर्च समेत रोकिएर दैनिक गुजारा कसरी चलाउने भन्ने अवस्था छ । जसले समग्र माग नै घटाएको छ ।

४. आयातमा संकुचन आउँदा रेमिट्यान्समा भने उत्साह देखिन्छ । कोभिड र रुस–युक्रेन युद्ध प्रभावले वैदेशिक रोजगारी प्रभावित हुने शंका भए पनि त्यस विपरीत रेमिट्यान्समा लगातार उच्च वृद्धि देखिएको छ । २०७८/७९ मा सामान्य बढेको रेमिट्यान्स गत र चालु आवमा भने उच्च वृद्धि देखिन्छ । चालु आव ११ महिनामा व्यापार घाटा कुल रेमिट्यान्स उच्च छ । ११ महिनामा १३ खर्ब २८ अर्ब रेमिट्यान्स आएको छ ।

५. घटेको आयातसँगै बढ्दो रेमिट्यान्स र सेवा क्षेत्रमा देखिएको सुधारले भुक्तानी सन्तुलन ऐतिहासिक बचतमा पुगेको छ । चालु आव ११ महिनामा भुक्तानी सन्तुलन ४ खर्ब ३६ अर्ब बचतमा छ । चालु खाता बचत पनि २ खर्ब नाघेको छ ।

६. वाह्य क्षेत्रमा देखिएको सुधारले प्रत्यक्ष वैदेशिक लगानी, वैदेशिक अनुदान र ऋणमा अपेक्षित उपलब्धि हासिल नहुँदा पनि विदेशी विनियम सञ्चिति ऐतिहासिक उचाइमा पुगेको छ । २०७९ असारमा ९ अर्ब ५३ करोड डलरमा झरेको विदेशी विनियम सञ्चिति चालु आव वैशाखमा आउँदा १४ अर्ब ७२ करोड डलर पुगेको छ । रेमिट्यान्समा भएको वृद्धि र सेवा क्षेत्रमा देखिएको सकारात्मक प्रभावले विदेशी विनियम सञ्चितिमा योगदान दिएको छ । जसमा आयात घट्दा विदेशी मुद्रा सञ्चिति झनै बढेको हो ।

७. प्रत्यक्ष वैदेशिक लगानी लगातार दोस्रो वर्ष पनि निराशाजनक देखिन्छ । गत वर्षको तुलनामा चालु आवमा प्रत्यक्ष वैदेशिक लगानी केही सुधार देखिए पनि अघिल्ला वर्षको तुलनामा निराशाजनक नै छ । पछिल्ला केही वर्ष लगातार २० अर्ब नजिक रहेको खुद प्रत्यक्ष वैदेशिक लगानी गत आव ७ अर्ब ७७ करोड र चालु आव ११ महिनामा करिब ८ अर्ब १६ करोड मात्रै छ ।

८. पर्यटन र सूचना प्रविधिबाट हुने आय उल्लेख्य वृद्धि हुँदा पनि वैदेशिक अध्ययनमा जानेले लैजाने उच्च खर्चले सेवा खाता भने घाटामा छ । चालु आव ११ महिनामा वैदेशिक अध्ययनमा मात्रै १ खर्ब १७ अर्ब खर्च हुँदा नेपालको वैदेशिक भ्रमण खर्च १ खर्ब ७५ अर्ब पुगेको छ । यद्यपि, खुद सेवा आय घाटा भने घटेको छ ।

९. ब्याजदर एकल अंकतर्फ झर्दै गरेको छ । विगतमा निजी क्षेत्रले उच्च ब्याजदरले लगानीको वातावरण बिग्रिएको बताए पनि ब्याजदर घट्दा समेत निजी क्षेत्रमा उत्साह र लगानी बढेको देखिँदैन । २०७९ फागुनमा १३.०३ प्रतिशत बिन्दुमा पुगेको कर्जाको भारित औसत ब्याजदर २०८१ जेठमा आउँदा १०.१५ प्रतिशतमा झरेको छ ।

१०. ब्याजदर घट्दा समेत निजी क्षेत्रमा कर्जाको माग भने छैन । नेपालमा औसत करिब २० प्रतिशतले निजी क्षेत्रमा कर्जा विस्तार हुँदै आएकोमा पछिल्लो दुई वर्षयता त्यसमा ब्रेक लागेको छ । बैंकहरूले कर्जा उठाउन नसक्दा उठ्न नसकेको ब्याजसमेत निजी क्षेत्रमाथि वित्तीय क्षेत्रको दाबी अझै बढेको छ । चालु आव ११ महिनामा उठ्न नसकेको ब्याज समेत निजी क्षेत्रमाथि वित्तीय क्षेत्रको दाबी ६ प्रतिशत पुगेको छ । गत आवमा यस्तो कर्जा ४.६ प्रतिशत मात्रै थियो । मौद्रिक नीतिले ११.५ प्रतिशतको कर्जा विस्तारको लक्ष्य लिए पनि उठ्न नसकेको ब्याजसमेत थप हुँदा निजी क्षेत्रमाथि वित्तीय क्षेत्रको दाबी ६ प्रतिशत पुगेको हो । खुद कर्जा विस्तार भने ५.६ प्रतिशत मात्रै देखिन्छ । यता विस्तृत मुद्राप्रदायको विस्तार १२ प्रतिशत हुने अनुमान मौद्रिक नीतिको थियो । आर्थिक वर्षका ११ महिनामा ९.१ प्रतिशतले विस्तार हुँदा वार्षिक बिन्दुगत आधारमा १२.७ प्रतिशतले बढेको छ । जुन मौद्रिक नीतिको लक्ष्यमा पुग्ने देखिन्छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral marwah4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178
rajamania slot gacor sritoto rajamania slot88 beb88 raintoto relic88 koi77 sritoto sritoto sritoto sritoto sritoto sritoto sritoto
slot gacor m77 m77 bendera62 bendera62 andara88 m77
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM