२०८२ असार २१ गते, शनिबार २२:४१

माओवादी संसदीय दलको बैठक बस्दै

काठमाडौँ/नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ ।

सत्ताबाट बाहिरिने क्रममा रहेको माओवादी केन्द्रले आज अपराहन्न २ बजेका लागि संसदीय दलको बैठक बोलाएको हो ।

कांग्रेस र एमाले मिलेर नयाँ सत्ता समीकरण बनाएपछि सत्ताबाट बाहिरिने अवस्था बनेपछि माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ ।

स्पष्ट अल्पमतमा परेका माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार संसदबाट विश्वासको मत लिने तयारी गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM