२०८३ जेष्ठ १४ गते, बिहीबार १८:२०

पाँच मन्त्रीले राजिनामा दिँदै लुम्बिनीबाट एमालेद्वारा समर्थन फिर्ता

काठमाडौं। लुम्बिनी सरकारबाट नेकपा एमाले बाहिरिएको छ। बिहिबार एमालेका पाँच मन्त्रीले सामूहिक राजीनामा दिएका छन्।

मुख्यमन्त्री जोखबहादुर महरालाई भेटेर मन्त्रीहरुले सामूहिक राजीनामा दिएका हुन्। महरा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका हुन्। एमालेबाट आर्थिक मामिला मन्त्री चेतनारायण आचार्य, शहरी विकास तथा खानेपानी मन्त्री भूमिश्वर ढकाल, आन्तरिक मामिला मन्त्री दिनेश पन्थी, सामाजिक विकास मन्त्री रत्न खत्री र वन तथा वातावरण मन्त्री अर्जुन केसी मन्त्री बनेका थिए।

योसँगै एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ। एमालेले समर्थन फिर्ता लिएसँगै लुम्बिनी सरकार अल्पमतमा परेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM