Thursday, July 18, 2024
घरक्राइम चेकएक लाख घुससहित इन्जीनीयर हुसेन पक्राउ

एक लाख घुससहित इन्जीनीयर हुसेन पक्राउ

काठमाडौं । खेलकुद मैदान निर्माण कार्यमा ठेकेदारसँग १ लाख रुपैयाँ घुस लिने इन्जीनीयर अख्तर हुसेनलाई अख्तियार दुृरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ ।

ताप्लेजुङ, फुङलिङ नगरपालिकामा कार्यरत अधिकृत स्तर छैटौं, सिभिल इन्जिनियर पदमा कार्यरत हुसेनले खेलकुद मैदान निर्माण कार्यमा ठेकेदारसँग १ लाख रुपैयाँ लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीबाट खटिएको टोलीले सोमबार नियन्त्रणमा लिएको हो ।

उनलाई घुस रकमसहित फुङलिङ नगरपालिका, वडा नं ४ न्यूरोड ट्याक्सी स्ट्यान्ड नजिकबाट नियन्त्रणमा लिएको आयोगले जनाएको छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -