Thursday, July 18, 2024
घरपत्रपत्रिकाधम्क्याएर रकम उठाउने पूर्व प्रहरी निरीक्षक श्रेष्ठ पक्राउ

धम्क्याएर रकम उठाउने पूर्व प्रहरी निरीक्षक श्रेष्ठ पक्राउ

माेरङ/विराटनगरमा ब्यवसायीलाई धम्क्याएर रकम उठाउने पूर्व प्रहरी निरीक्षक गणेशमान श्रेष्ठ पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर–८ का ५८ वर्षिय श्रेष्ठलाई सोमबार बेलुका पक्राउ गरेको हो।

मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र बस्नेतका अनुसार केन्द्रीय ब्यूरोको प्रहरीको नाम लिएर ब्यापारीसंग रकम असुल्ने क्रममा स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए। पक्राउ परेका श्रेष्ठले विराटनगर ९६ स्थित व्यापारी राजकुमार भगतको पसलमा छापा मार्ने गरि पुगेका थिए।

बस्नेतका अनुसार पक्राउ परेका श्रेष्ठले प्रहरी हुँदाको पुरानो परिचयपत्र देखाएर डर त्रास देखाई व्यापारी भगतसँग १० हजार रूपैयाँ लिएका थिए। उनले व्यवसायीसँग लिएको रकम बरामद गरिएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -