काठमाडौं / गृहमन्त्री रवि लामिछानेले ‘एक दिन’ का लागि अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) बनाउन डिआइजी पोषराज पोखरेललाई सिफारिस गराएका छन्।
बढुवाका लागि एक हप्ताअघि मात्र सिफारिस गर्नुपर्ने भएपनि प्रहरी महानिरिक्षक वसन्तराज कुँवर सोमबार बेलुका अमेरिका जाने भएपछि उनलाई समय अगावै सिफारिस गरिएको हो।
पोखरेल असार २१ गते उमेर हदका कारण अवकाश पाउँदै छन्। असार २० गते १ दिन एआइजी बनाउनका लागि गृहमन्त्री लामछानेको स्वार्थमा पोखरेललाई सिफारिस गरिएको हो।
डिआइजी पोखरेल हाल लामिछानेका विवादित मुद्दाहरू प्रतिरक्षा गरिरहेका वरिष्ठ अधिवक्ता सुशिल पन्तको भान्जा हुन् ।
पाेखरेल र पूर्व एआइजी दिनेश लाेहनी साडुदाइ / साडुभाइ हुन्। उनकाे समेत जाेडबलमा पाेखरेललाई अवकाशपश्चात् विशिष्ट श्रेणीकाे सेवासुविधाका लागि ‘एक दिने’ एआइजी बनाउन लागिएकाे हाे।
पोखरेल हाल प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय नक्सालमा दरबन्दी रही काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा कार्यरत छन्।