२०८२ फाल्गुन ९ गते, शनिबार ०९:३४

सहकारीको एक अर्ब ठगीमा पक्राउ तेजबिक्रम टेलिभिजनदेखि अस्पतालसम्मका मालिक

ललितपुर- सहकारी ठगी प्रकरणमा छानबिन गर्न गठित संसदीय छानबिन समितिको कार्यादेशमा समेटिएका सहकारीमध्ये एउटा हो ललितपुरको कुमारीपाटीस्थित कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था ।

जुन सहकारीबाट आफूहरूको करिब एक अर्ब रुपैयाँ ठगी भएको भन्दै ५६६ जना बचतकर्ताले प्रहरीका विभिन्न इकाइमा उजुरी दिएका थिए ।

दुई हजार भन्दा बढी बचतकर्ताको उजुरीका आधारमा छानबिनका क्रममा उक्त सहकारीका सञ्चालकहरूले २ अर्ब ८० करोड निक्षेप रहेको यस सहकारीबाट ९४ करोड २३ लाख ४२ हजार हिनामिना गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

नेकपा एमालेका सांसद सूर्यबहादुर थापा संयोजक रहेको संसदीय छानबिन समितिको समेत दायरामा आएको यो सहकारीका अध्यक्ष थिए तेजबिक्रम थापा ।

यो सहकारीलाई २०८० मै समस्याग्रस्त सूचीमा राखिएको थियो । सहकारी विभागको सिफारिसमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत माघमा यसलाई समस्याग्रस्त घोषणा गरी सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानी प्रक्रिया अघि बढाएको थियो ।

समस्याग्रस्त घोषित भएपछि सहकारी व्यवस्थापन समितिको कार्यालयमा २ हजार ५३१ जना बचकर्ताले २ अर्ब ८२ करोड २७ लाख ८८ हजार रुपैयाँ मागदाबीसहित निवेदन दिएका थिए ।

उपत्यका अपराधन कार्यालयका प्रहरी उपरीक्षक अंगुर जिसीका अनुसार यो सहकारीमा थापाले २०५६ मा इन्ट्री गरेका थिए ।

२०५६ सालमा तेजबिक्रम यो सहकारीमा लेखा प्रमुख र संस्थापक सदस्यका रुपमा प्रवेश गरेका थिए ।

संसदीय समितिको कार्यदेशको अनुसूची १ मा थापा नेतृत्वको यो सहकारीसहित २० वटाको नाम छ । जहाँ समस्याग्रस्त र सार्वजनिक रुपमा प्रश्न उठेका सहकारीलाई समावेश गरिएको छ ।

१७ वर्षकै उमेरमा लेखा प्रमुख र संस्थापक सदस्यका रुपमा प्रवेश गरेका थापा यो सहकारीमा २०६० सालदेखि २२ वर्षसम्म निरन्तर अध्यक्षका रुपमा रहेका छन् ।

२२ वर्षसम्म लगातार अध्यक्ष रहेका थापाकै कार्यकालमा झन्डै ६ सय जना बचतकर्ताको करिब एक अर्ब रुपैयाँ डुबाइएकोछ । यो सहकारी संस्थाको बचत हिनामिना आरोपमा अध्यक्ष थापासहित पक्राउ परेका चारजनालाई अपराध अनुसन्धान कार्यालयले आइतबार सार्वजनिक गरेको छ । अपराध अनुसन्धान कार्यालयले सार्वजनिक गर्दा अध्यक्ष थापासहित चारै अभियुक्तको हातमा हतकडी थियो ।

अपराध अनुसन्धान कार्यालयले सहकारीका अध्यक्ष थापा, व्यवस्थापक सजना राजकर्णिकार तथा सदस्यहरू भीमसेन महर्जन र सञ्जय सापकोटालाई सार्वजनिक गरेको थियो । व्यवस्थापकका रुपमा रहेकी सजना भने तेजबिक्रमकै श्रीमती हुन् ।

यो बहुउद्धेश्यीय सहकारीमा २ अर्ब ८० करोड रुपैयाँ निक्षेप थियो । जसमध्ये ९४ करोड २३ लाख ४२ हजार ठगी भएको पत्ता लागेको एसपी जिसीले बताए ।

रकम अपचलन भएको निष्कर्षसहित सहकारी विभागले यसबारे अनुसन्धान अघि बढाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई २०८९ असोजमै पत्र पठाएको थियो ।

त्यसपछि अनुसन्धान अघि बढाएर अध्यक्ष थापासहित १३ जनाविरुद्ध २०८० पुस १९ गते काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । ती १३ मध्ये अध्यक्ष थापा उनकी श्रीमतीसहित चारजना समातिएका हुन् ।

अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउपुर्जी जारी भएकामध्ये एकजनाको यसअघि नै मृत्यु भएको छ । पुर्जी जारी भएका अर्का व्यक्ति बिरामी परेर उपचारमा छन् । तर बाँकी भने फरार छन् ।

एकसाथ १० संस्थाका अध्यक्ष तेजबिक्रम

तेजबिक्रम उमेरले ४३ वर्षका भएका छन् । तनहुँको व्यास नगरपालिका-११ का स्थायी बासिन्दा उनी काठमाडौंको गोकर्णेश्वर नगरपालिका-७ मा बस्दै आएका थिए । तर उनले सहकारी भने ललितपुरको कुमारीपाटीमा खोलेका थिए ।

सहकारीको संस्थापक सदस्यका रुपमा छिरेका उनले ४३ वर्षको उमेरमा एकपछि अनेक संस्थाको नेतृत्व हाँके ।

त्यसक्रममा उनले यही सहकारीको पैसा अन्य संस्थामा लगानी गरेका थिए। दुईवटा टेलिभिजनदेखि अस्पतालसम्ममा सहकारीबाट अपचलन गरेको पैसा लगानी गरेको खुलेको छ ।

कृषि र गोर्खा टेलिभिजन तथा लोकन्थलीको समिट अस्पतालमासमेत थापाले उक्त सहकारीबाटै हिनामिना गरेको करोडौँ बचत रकम लगानी गरेको तथ्य प्रहरीले फेला पारेको छ ।

उनी सहकारी मात्रै होइन, अस्पतालदेखि टेलिभिजनको अध्यक्षसमेत बने । उनी भक्तपुरको लोकन्थलीमा रहेको समिट अस्पतालको अध्यक्षका रुपमा २०६६ देखि रहेको एसपी जिसीले बताए ।

उनै तेजबिक्रम टेलिभिजन च्यानलका पनि अध्यक्ष थिए । उनी २०७१ सालदेखि कृषि टेलिभिजनको संस्थापक अध्यक्ष रहेको पनि प्रहरीले अनुसन्धानबाट पत्ता लगाएको छ । पक्राउ पर्दासमेत उनीसँग टेलिभिजनकै परिचयपत्र थियो ।

त्यसैगरी तेजबिक्रम २०७३ सालदेखि गोरखा टेलिभिजन (साझा संसार मिडिया नेटवर्क)को संस्थापक अध्यक्ष पनि बनेका थिए । २०७४ सालदेखि यति हर्ब्स प्रालिका अध्यक्ष पनि उनै तेजबिक्रम थिए ।

थापाविरुद्ध यसअघि नै बैंकिङ कसूरमा मुद्दा चलिसकेको विवरण पनि भेट्टिएको छ । उनीविरुद्ध २०७९ चैतमा जिल्ला प्रहरी परिसर काठमाडौंमा २६ लाख ६६ हजार रुपैयाँको बैंकिङ कसुर मुद्दा अघि बढेको थियो ।

त्यस्तै जिल्ला प्रहरी परिसर काठमाडौंमै थापाविरुद्ध २०८० वैशाखमा २६ लाख ६६ हजारकै अर्को बैंकिङ कसूर मुद्दा पनि परेको थियो । त्यसैगरी अरु तीनवटा बैंकिङ कसूरका मुद्दामा पनि थापा अभियुक्तका रुपमा रहेका छन् ।

तेजबिक्रमले नेतृत्व गरेका संस्था

२०५६ सालदेखि १७ वर्षको उमेरमा कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाको लेखा प्रमुख र र संस्थापक सदस्य ।
२०६० सालदेखि निरन्तर कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाको कार्यकारी अध्यक्ष ।
२०६६ सालदेखि समिट अस्पताल, लोकन्थली, भक्तपुरको अध्यक्ष ।
२०७० सालदेखि अन्नपूर्ण किसान फिड एन्ड फर्टिलाइजेशन उद्योगको अध्यक्ष ।
२०७१ सालदेखि कृषि टेलिभिजनको संस्थापक अध्यक्ष ।
२०७३ सालदेखि गोरखा टेलिभिजन (साझा संसार मिडिया नेटवर्क)को संस्थापक अध्यक्ष ।
२०७४ सालदेखि यति हर्ब्स प्रालिको अध्यक्ष ।
२०७१ सालदेखि इन्टेन्सिभ मल्टिप्रपोज एग्रिकल्चर कम्पनि प्रालि ललितपुरका अध्यक्ष ।
२०६६ सालदेखि कृषि इन्भेष्टमेन्ट प्रालि ललितपुरका अध्यक्ष ।
२०७० सालदेखि कृषि फ्रेस प्रालि (जसको काठमाडौं उपत्यकाका १४ स्थानमा मार्ट/बिक्री केन्द्र छ) को अध्यक्ष ।
२०७६ सालदेखि यति टेक्निकल प्रालिको संस्थापक अध्यक्ष ।

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d barong4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d slot gacor carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 alus4d alus4d
kingmedan303 rajamania sritoto rajamania beb88 beb88 djarum4d sritoto relic88 slot88
zeonslot bendera62 djarum4d m77 andara88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM