२०८३ बैशाख १५ गते, मंगलवार ०२:५४

साम्प्रदायिक दङ्गा फैलाएको आरोपमा जनमत पार्टीका संयोजक शेख जमशेद नियन्त्रणमा

रौतहट/ जिल्लाको गौर नगरपालिका-६ सबगढामा दुई समुदायबीच उत्पन्न साम्प्रदायिक तनावलाई पुन: भड्काउने प्रयास गरेको आरोपमा शेख जमशेदलाई जिल्ला प्रशासन कार्यलय रौतहटले नियन्त्रणमा लिइएको छ।

उनलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको डीएसपीको कमाण्डमा जिल्ला प्रशासन कार्यालय रौतहटको कार्यालयमा पुर्‍याएको हो । सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्रकुमार यादवले जिल्ला प्रशासन कार्यालय रौतहटमा डीएसपीको कमाण्डमा सोधपुछका लागि ल्याइएको पुष्टि गरेका छन्।

प्रारम्भिक अनुसन्धानले गौर नगरपालिका-६ का पूर्व वडाध्यक्ष तथा हाल जनमत पार्टीका रौतहट जिल्ला संयोजक शेख जमशेदको संलग्नता देखिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM