२०८३ बैशाख ३० गते, बुधबार २३:२८

मालपोतका अधिकृत मृत्युपछि भ्रष्टाचारी ठहर

वीरगंज/मालपोत कार्यालय पर्साका ७ जना अधिकृत भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।

कर्मचारीहरूको मिलेमतोमा जग्गा किनबेचका क्रममा लिखतबाट उठेको राजस्व रकम नियमानुसार दाखिला नगरी हिनामिना गरेको दाबीसहित उनीहरुविरुद्ध अख्तियारले २०८० कार्तिक २० गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

उक्त मुद्दाको सुनुवाइ गर्दै विशेष अदालतले कार्यालयका तत्कालीन मालपोत अधिकृतहरू हरिणारायण मिश्र, भूपबहादुर बोगटी, गोपाल ढुंगाना, पदमप्रसाद अर्याल, चन्द्रबहादुर भण्डारी, स्वर्गीय किरण प्रसाद उपाध्याय र कुमोद तिवारीलाई दोषी ठहर गरेको हो।

न्यायाधीशहरु टेक नारायण कुँवर, तेज नारायण सिंह राई र राम बहादुर थापाको इजलासले उनीहरुलाई दोषी ठहर गरेको हो। सजाय निर्धारणको लागि भने अदालतले अर्को पेशी तोकेको छ।

प्रतिक्रिया लेख्नुहोस्

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

Live

Listen Live FM