वीरगंज/बिजुलीका पोल बिहीबार रातिको हुरीले ढाल्दा वीरगंज र आसपास क्षेत्रमा नौ घन्टादेखि विद्युत् आपूर्ति बन्द भएको छ । गर्मीको यो याममा बिजुली नहुँदा यहाँको जनजीवन नराम्ररी प्रभावित भएको छ ।
बिहीबार एक बजेतिरको हुरीले ढालेका पोल उठाउन युद्धस्तरमा काम भइरहेको बताउँदै नेपाल विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रका प्रमुख अवधेश कुमार दुबेले आज अपराह्नसम्ममा बिजुली आपूर्ति हुने जानकारी दिए ।
वीरगंज र आसपासका क्षेत्रमा ५६ हजार बिजुलीका ग्राहक छन् ।
















