२०८२ माघ ८ गते, बिहीबार २३:०३

मापसे गर्नेलाई सडकमा ड्युटिमा खटाउनु कानूनबिपरित – रामहरि खतिवडा

काठमाडौँ – नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले मापसे गरेर सवारीसाधन चलाउनेलाई सडकमा खटाउने कार्य कानुनविपरीत भएको टिप्पणी गरेका छन्।

संसदको राज्य व्यवस्था समितिका सभापतिसमेत रहेका सांसद खतिवडाले मन्त्रीको सनकका भरमा नागरिकहरुलाई दिनभर सडकमा उभ्याउने कार्य गलत रहेको बताएका हुन्।
उनले बिहीबार सञ्चारकर्मीहरुमाझ कुरा गर्दै भने- ‘कानुनी राज्यमा कसैको सनकका भरमा जतिखेर जे पायो त्यही निर्णय गर्ने होइन। अहिले सडकमा केही मान्छेहरुलाई कुनै मन्त्रीको निर्देशनमा, कुनै उप्रधानमन्त्रीको निर्देशनमा बिहानदेखि बेलुका खटाएर राख्ने पद्धति सरासर गलत छ।’
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले महिला ट्राफिक प्रहरीले महिनावारीका बेलामा चार दिन सडकमा खटिनु नपर्ने र मापसेलगायत ट्राफिक नियम उल्लंघन गर्नेलाई स्वयंसेवकका रुपमा सडकमा खटाउने निर्णय गरेका थिए।
खतिवडाले गृहमन्त्री लामिछानेको उक्त निर्णय वैयक्तिक अधिकारमाथिको हनन् भएको बताए। फेसबुकबाट निर्देशन दिएर नागरिकलाई सडकमा उभ्याउन नपाइने उनको भनाइ थियो।
उनले भने, ’मापसे गर्‍यो भनेर त्यसलाई सडकमा ड्युटिमा खटाएर राख्नु मान्छेको वैयक्तिक अधिकारमाथिको हनन् हो। योबारेमा हामीले छलफल अगाडि बढाउनुपर्ने जरुरी हामीले देखेका छौँ। अहिलेको कानुनी राज्य भनेको राणा शासन होइन। जंगेको शासन होइन। फेसबुकबाट निर्देशन दिने अनि त्यसपछि कानुनविपरीत नागरिकहरुलाई सडकमा उभ्याउने काम गलत छ। यो पद्धतिको विरुद्धमा हामीले आवाज उठाउनुपर्छ।’

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88
zeonslot slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM