२०८२ असार २१ गते, शनिबार २२:३१

राजा ज्ञानेन्द्र जेठ ७ गते ललितपुर जाने, अर्को पक्षको विरोध

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह जेठ ७ गते ललितपुरमा विशेष समारोहमा सहभागी हुने भएका छन् ।

पूर्वराजा ज्ञानेन्द्रले ललितपुरबासीको अनुरोधमा जेठ ७ गते विशेष समारोहमा सहभागिता जनाउने उनको सचिवालयले जानकारी दिएको छ ।

राजाका संवाद सचिव डा. फणिराज पाठकले मंगलबार एक विज्ञप्ति जारी गरी राजाको सहभागिता बारे जानकारी गराउनु भएको हो।

यसैबीच नेवा एकता तथा नागरिक समाजले राजा ज्ञानेन्द्र वीर विक्रम शाहको सवारीमा अनावश्यक राजनीति गरिएको भन्दै विरोध जनाएको छ।

समाजका अध्यक्ष राजु ब्यञ्जनकारले सोमबार एक विज्ञप्ति जारी गर्दै भ्रमणमा सचिवालयबाटै राजनीति गरिएको आरोप लगाएका छन्। उनले जारी गरेको विज्ञप्तिमा, “श्री ५ महाराजधिराज ज्ञानेन्द्र विर विक्रम शाह देव सरकारलाई भक्तपुरमा २०८०/६/७ गते नागरिक अभिनन्दन गरे लगत्तै ललितपुर पाटनको लागि यस नेवाः एकता तथा नागरिक समाजले पनि सवारीको प्रकृया अघि बढाउदै जाने क्रममा विभिन्न चरणको वार्तालाप पछि सुझाव अनुसार मिति २०८०/९/२७ गते निमन्त्रणा गरेको थियो। सोही बमोजिम मिति २०८१/१/२२ गते सचिव सागर तिमल्सिना ज्युले नेवाः एकता तथा नागरिक समाजका कार्यसमितिको नामावली माग भई सोही अनुसार हुन गैरहेको कार्यक्रम तालिकालाई नियोजित ढंगले पन्चायतकालिन पूर्व मन्त्री केशर बहादुर विष्टले पाटनमा रहेका राजा प्रति आस्था राख्ने नेवार समुदायलाई विभाजन गरी राजाको आस्था माथि खेलवाड गर्नेसंग होसियार रहन सबैमा अनुरोध गरिन्छ।”- विज्ञप्तिमा उल्लेख छ।

समाजका अध्यक्ष राजु ब्यञ्जनकारले सरकारको सवारीमा स्वागत गर्न आफूहरूको सहभागिता रहेतापनि सचिवालयको निर्णयप्रति असंतुष्टि भने कायमै रहेको चन्द्रसूर्य वाणीलाई प्रतिक्रिया दिनु भयो।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM