२०८२ फाल्गुन १ गते, शुक्रबार ०६:३४

आज अक्षय तृतीया: के छ महत्त्व ?

यस वर्ष वैशाख शुक्ल तृतीया आज वैशाख २८ गते परेको छ। यसलाई अक्षय तृतीया पनि भनिन्छ र अत्यन्तै महत्त्वपूर्ण तिथिको रूपमा लिइन्छ।

यो दिन साम्ब सदाशिवजी र पार्वतीको विवाह भएको मानिन्छ। त्यसैले यो दिन जो कसैले बिना साइत विवाह, व्रतबन्ध आदि शुभ कर्म गर्दछ, उसले पुण्य र मुक्ति प्राप्त गर्दछ भन्ने विश्वास गरिन्छ।

त्यसैगरी अक्षय तृतीयाको दिन जसले सातु, सर्बत दान गर्छ, उसलाई आजीवन दु:ख हुँदैन भन्ने मान्यता छ। अक्षय तृतीयालाई चार युगमध्येको दोश्रो त्रेतायुग प्रारम्भ भएको दिनको रूपमा पनि लिइन्छ।

त्यसैगरी यो दिनलाई परशुराम जयन्ती र धर्मघतादिदानम् पनि भनिन्छ।

वैशाख शुक्ल तृतीयाका दिन आज दान, होम, जप, तप गरी अक्षय तृतीया पर्व मनाइँदैछ। आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो।

मत्स्य पुराणलगायत ग्रन्थमा आजका दिन गरिएको कर्म फलदायी हुने बताइएको छ। यसै दिन त्रेता युगको शुरुआत भएको मानिन्छ। यस दिन बिहानै स्नान गरी लक्ष्मीनारायणको पूजा गर्ने परम्परा छ।

अक्षय तृतीयाकै दिन भगवान् विष्णुको सातौँ अवतारका रुपमा परशुरामको जन्म जमदग्नि र रेणुकाको सुपुत्रका रुपमा भएको थियो। त्यसैले आजको दिनलाई परशुराम जयन्ती भनी मनाउने चलन पनि छ।

जौको सातुमा गुड, चिनी, घिउ, दही मिसाएर एवं सक्खर हाली सर्वत बनाएर ब्राह्मणलाई दान गरे कहिल्यै नाश नहुने अक्षय फल पाइने विश्वास छ। आजका दिन घरमा आउने सबैलाई जौको सातु र सर्वत खुवाइन्छ। यसो गरेमा भगवान् विष्णु खुशी हुने धार्मिक विश्वास छ।

यस अवसरमा निराहार ब्रत बसी विष्णुलाई अक्षताले पूजा गरेमा राजसूय यज्ञको फल प्राप्त हुने विश्वास गरिन्छ। भविष्य पुराणमा पनि आजका दिन गरिएको दान अक्षय हुन्छ भनी व्याख्या गरिएको छ।

वैशाखको गर्मीमा सक्खरको सर्वत र जौको सातुले मानव स्वास्थ्यलाई फाइदा गर्ने भएकाले पनि यो पर्वको महत्व बढेको हो। गर्मीमा पसिना धेरै आएर शरीर शिथिल हुने भएकाले शरीरमा चिनीको मात्रा सन्तुलन राख्न सक्खर र चिनीमा बनाइएको शीतल सर्बत र पुष्टिवर्धक अन्न जौको सातुको प्रयोगमा अक्षय तृतीया पर्वले जोड दिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM