२०८२ माघ २८ गते, बुधबार ०८:४९

आचरणविपरीत कार्य गर्ने सशस्त्र प्रहरीका असइसहित तीनजना कारवाहीमा, डिएसपी रिजाल कसरी जोगिए?

वीरगंज/ वीरगंज भंसार र आसपासको क्षेत्रबाट भैरहेको तस्करी तथा अवैध ओसार पसारका समाचार संचारमाध्यममा सार्वजनिक भए सँगै नेपाल प्रहरीले सो क्षेत्रबाट अवैध रुपमा भित्रिएका सामानहरू धमाधाम नियन्त्रणमा लिन थालेपछि सशस्त्र प्रहरीका असईसहित तीन जना कारवाहीमा परेको खबर जानकारीमा आएको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित गुल्म वीरगंजमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक वकिल क्षेत्री, सहायक हवलदार रेशम खत्री र जवान रामबाबु ठाकुरलाई कारवाहीको सिफारिश गरिएको स्रोतले जनाएको छ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले राजस्व चुहावट नियन्त्रणमा कड़ाई गर्न दिएको निर्देशन विपरीत सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजका सशस्त्र प्रहरीको नाकै मुनिबाट तस्करी भई आएका सामान वीरगंजको भित्री क्षेत्रमा नेपाल प्रहरीले बरामद गर्न थालेपछि आन्तरिक सशस्त्र प्रहरीको आतन्तरिक छानबीनबाट ती तिनै जनाको समन्वयमा तस्करी हुने गरेको पाइएपछि निलम्बनसहितको कारवाहीकालागि सिफारिस गरिएको स्रोतबाट थाहा हुन आएको छ।

यस सम्बन्धमा सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हेक्वा पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक किशन कर्माचार्यसँग बुझ्न खोज्दा उनले तीन जना नभई दुई जनालाई कारवाहीको सिफारिश सहित

सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता वाहिनी मूख्यालय महोत्तरीमा पठाईएको बताए।

कारवाहीकालागि पठाईएका सशस्त्र प्रसनिसहितका प्रहरीले गुल्मपतिले अह्राएको काम नगरेको, चैन अफ कमाण्ड नमानेको, मुखमुखै लागेको र आर्थिक अपचलनमा मुछिएको आरोपमा छानबीनकालागि वाहिनी पठाइएको तर निलम्बित भईनसकेको एसपी कर्माचार्यले बताए।

यसैबीचकारवाहीका लागि पठाईएका सशस्त्र प्रहरी निकट स्रोतबाट प्राप्त जानकारी अनुसार वीरगंज भंसार नाका र आसपासका क्षेत्रबाट तस्करी भैरहेको र तस्करी भई आएका सामान नेपाल प्रहरीले धमाधाम नियन्त्रणमा लिएको खबर विभिन्न संचारमाध्यम आउन थालेपछि गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिमालले आफ्नो पोल खुल्ने डरले यी तिनै जनालाई कारवाही गरेर पठाएको दाबी छ।

गुल्मपति डिएसपीको ग्रीन सिग्नल नपाएसम्म मातहतका दर्जाका अन्य प्रहरी कर्मचारीले तस्करलाई सघाउने आँट गर्न नसकिने यथार्थताकाबीच डिएसपी रिजालमाथि कारवाही नहुनु तर तल्लो दर्जाका प्रहरी कर्मचारीमाथि कारवाही हुनुले पनि अनेक प्रश्न खडा गरेको छ।

यसैबीच सशस्त्र प्रहरी बलले भन्सार छलिका सामान सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको टोलीले वीरगंज-१६ स्थित बाँसझाङ र भुटनदेवी ईलाकाबाट लाखौं मुल्य बराबरको भन्सार छलिका सामान सहित २ जनालाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बलको टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट अबैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउँदै गरेको रु. सात लाख ३३ हजार एक सय मुल्य बराबरको भन्सार छलिका कपडाहरु तथा ओसार पोसारमा प्रयोग गरिएका २ साईकल सहित बारा जिल्ला जितपुर सिमरा उ.म.न.पा. निवासी वर्ष ३७ की १ जना महिला र बारा जिल्ला बिश्रामपुर निवासी बर्ष ४० का १ जना पुरुषलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी बल नम्बर १३ गण हेक्वा पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र सिंहले बताउनु भयो ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM