२०८३ बैशाख ३१ गते, बिहीबार ०२:५९

रौतहटबाट तस्करी भैरहेको पुष्टी, एकै स्थानबाट १३ लाख भन्दा बढ़ीको अवैध कपडा तथा किराना सामान बरामद

काठमाण्डौ/रौतहटको सीमावर्ती क्षेत्रबाट तस्करी भैरहेको पुष्टी भएको छ।

भारतीय बजारबाट चोरी तस्करी गरि अवैध रुपमा नेपाल भित्र्याई बंकुल बजारमा भण्डारण गरेको अवस्थामा रौतहट प्रहरीले झण्डै १३ लाख २६ हजार भन्दा बढ़ी मूल्यको कपड़ा तथा किराना सामानहरू बरामद गरेको घटनाले रौतहट जिल्लाबाट तस्करी भैरहेको पुष्टी भएको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटकी सूचना अधिकारी प्रहरी नायब उपरीक्षक एलिजा गिरीका अनुसार सोमबार बिहान करीब अं.०८:०० बजेको समयमा प्रहरी चौकी बंकुलबाट खटिएको प्रहरी टोलीले जिल्ला रौतहट बौधिमाई न.पा.वडा नं.७ स्थित बंकुलमा केही मानिसहरुले भारतबाट अवैध रुपमा भंसार छली चोरी पैठारी गरी लत्ताकपडा र किराना लगायतका सर सामानहरु ल्याई लुकाई छिपाई राखेको सूचनाको आधारमा खोजी गर्दा सो स्थानबाट वेवारिसे अवस्थामा सो मूल्य बराबरको लत्ताकपडा र किराना सर सामानहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालय रौतहटमा दाखिला गरिएको छ ।

बंकुलमा रहेको सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई मिलाएर तस्करहरूले दैनिक लाखौँ मूल्य बराबरको राजस्व छलिका सामान अवैध रुपमा भित्र्याउँदै आएकोमा दुई दिन अघि मात्र रौतहट प्रहरी चौकी बंकुल पुगेका चौकी इन्चार्ज अवधेश यादवसँग तस्करहरूले समन्वय नगरेरै सामान भित्र्याएपछि छापामारी गरिएको स्रोतले जनाएको छ।

स्थानीय नबल साह कलवार भन्ने तस्करको घरबाट सो सामान बरामद गरिएको बताइन्छ। नबल र सुनिल नाम गरेका तस्करहरूले सो क्षेत्रमा आउने सशस्त्र र नेपाल प्रहरीको सहयोगमा लामो समयदेखि तस्करीको साम्राज्य चलाउँदै आएका छन्।

यता रौतहट गौर, महादेवपट्टी, ब्राह्मपुरीलगायत सबै नाकाबाट यतिखेर खुल्लेयाम रुपमा तस्करी भैरहेको स्थानीयहरू बताउँछन्।

प्रतिक्रिया लेख्नुहोस्

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

Live

Listen Live FM