Saturday, May 4, 2024
घरपत्रपत्रिकाहुण्डी कारोबारको आरोपमा मनि ट्रान्सफर संचालकसहित दुई जना पक्राउ

हुण्डी कारोबारको आरोपमा मनि ट्रान्सफर संचालकसहित दुई जना पक्राउ

वीरगञ्ज- स्रोत नखुलेको रकमसहित हुण्डी कारोबारको आरोपमा वीरगञ्जबाट मनि ट्रान्सफरका संचालकसहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमावीरगञ्ज महानगरपालिका- ६ रूङटा कम्लेक्स मार्केटभित्र रहेको माँ जगदम्बा मनि ट्रान्सफरका संचालक पर्सा विन्दवासिनी गाउँपालिका- ३ बस्ने अजयकुमार साह र बारा कलैया उप-महानगरपालिका- २३ बस्ने अर्जुन राउत कुर्मी रहेका छन्।

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले मनि ट्रान्सफरमा कुर्मीले पिठ्युमा बोकेको झोलाभित्र लुकाइ छिपाई राखिएको श्रोत नखुलेको नेपाली बाइस लाख पाँच हजार ७०० बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता डिएसपी कुमार विक्रम थापाले जानकारी दिए।

स्रोत खुलाउन नसकेपछि उक्त रकमसहित कुर्मी र मनि ट्रान्सफर संचालक साहलाईसमेत पक्राउ गरिएको उनले बताए। पक्राउ परेका दुवै जनाविरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ कसुरमा थप अनुसन्धान कार्य भइरहेको थापाले बताए।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -