२०८३ बैशाख ३१ गते, बिहीबार ०४:१०

हुण्डी कारोबारको आरोपमा मनि ट्रान्सफर संचालकसहित दुई जना पक्राउ

वीरगञ्ज- स्रोत नखुलेको रकमसहित हुण्डी कारोबारको आरोपमा वीरगञ्जबाट मनि ट्रान्सफरका संचालकसहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमावीरगञ्ज महानगरपालिका- ६ रूङटा कम्लेक्स मार्केटभित्र रहेको माँ जगदम्बा मनि ट्रान्सफरका संचालक पर्सा विन्दवासिनी गाउँपालिका- ३ बस्ने अजयकुमार साह र बारा कलैया उप-महानगरपालिका- २३ बस्ने अर्जुन राउत कुर्मी रहेका छन्।

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले मनि ट्रान्सफरमा कुर्मीले पिठ्युमा बोकेको झोलाभित्र लुकाइ छिपाई राखिएको श्रोत नखुलेको नेपाली बाइस लाख पाँच हजार ७०० बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता डिएसपी कुमार विक्रम थापाले जानकारी दिए।

स्रोत खुलाउन नसकेपछि उक्त रकमसहित कुर्मी र मनि ट्रान्सफर संचालक साहलाईसमेत पक्राउ गरिएको उनले बताए। पक्राउ परेका दुवै जनाविरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ कसुरमा थप अनुसन्धान कार्य भइरहेको थापाले बताए।

प्रतिक्रिया लेख्नुहोस्

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

Live

Listen Live FM