वीरगंज/भारतबाट सल्केर आएको आगोले नेपालमा अगलागी हुँदा ठूलो क्षति भएको छ ।
पर्साको छिपहरमाई गाउँपालिकामा-१ मिर्जापुर भलुवहिया टोलमा आगलागी छिमेकी राज्य भारतबाट सल्केर आएको खुलेको छ ।
भलुवहिया टोलसँग सीमा जोडिएको भारतीय जिल्लाको बसनपुरस्थित गँहु खेतमा लगाइएको ‘आगोको झिल्का’ उछिट्टिएर भलुवहिया टोलस्थित एक घरमा सल्केको प्रहरीले जनाएको छ ।
भलुवहिया टोलमा लागेको आगलागीबाट कुखुरा फर्म र केहि घरहरु पूर्णरुपले जलेर नष्ट भएको स्थानीयले जानाएको छ।
आगलागीबाट भएको क्षतीबारे विवरण आइनसकेको मिर्जापुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अहिले प्रहरी, स्थानीयबासिन्दा तथा दमकलको सहयोग आयो नियन्त्रणमा लिने कार्य भइरहेको छ ।