२०८२ माघ २४ गते, शनिबार ००:५४

दिपेन्द्र ढुंगानाको फोटो किताब ‘प्यान्डामिक थ्रु द लेन्स’ सार्वजनिक

७ वैशाख, काठमाडौं । कोरोना महामारीको समयमा मुलुकले भोगेको त्रासदीमा खिचिएका तस्वीरहरूको संकलन ‘प्यान्डामिक थ्रु द लेन्स’ सार्वजनिक भएको छ ।

फोटो पत्रकार दिपेन्द्र ढुंगानाले कोरोनाको समयमा खिचेका तस्वीरहरूको संकलनमा त्रासदीका विभिन्न अवस्थाहरू समेटिएका छन् ।

किताबमा कोरोनाबाट संक्रमित भएकादेखि ज्यान गुमाएकासम्मको, संक्रमणबाट जोगिन हिंडेकादेखि जोगाउन हिंडेका सम्मको, उपचार गर्न अस्पतालमा भएकादेखि चिहानसम्मका दृश्यहरू छन् ।

९ वटा विधामा छुट्याइएका तस्वीरहरूलाई सरकारले संक्रमण नियन्त्रका लागि लगाएको कथा लकडाउन, सहरमा बस्न नसकेर घर जानेहरूको कथा मार्च टू होम, रोजगारी गुमाएका श्रमिकहरूको कथा प्लाइट अफ वर्कर्स समेटिएका छन् ।

त्यस्तै संक्रमितहरूको उपचारमा खटेका स्वास्थ्यकर्मी र अस्पतालहरूको कथा हस्पिटल एन्ड हेल्थ वर्कर, संक्रमणबाट ज्यान गुमाएका र तिनको व्यवस्थापनमा अनवरत खट्नेहरूको कथा डेड बडी म्यानेजमेन्ट छन् ।

कोरोनाकालमा सांस्कृतिक गतिविधिको कथा, आन्दोलन, फिल्डमा गएर काम गर्ने पत्रकार, सुरक्षाकर्मी, कर्मचारी लगायतका कथा र भ्याक्सिनका लागि झेल्नु परेको सास्तीलाई फोटोमा उतारिएको छ ।

फोटो पत्रकार ढुंगाना कोरोनाको समयमा आम मान्छेका भोगाइलाई इतिहासमा दस्तावेजीकरण गर्नका लागि तस्वीरलाई पुस्तकको रूप दिएको बताउँछन् ।

ढुंगाना भन्छन्, ‘त्यो समय कस्तो थियो भनेर भविष्यमा हेर्न सकिने भनेको तस्वीरमा नै हो । त्यसैले मैले यसलाई समयको दस्तावेजीकरणका लागि पुस्तकको रूप दिनुपर्छ भन्ने लाग्यो ।’ पुस्तकमा १२० वटा तस्वीर छन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto
zeonslot zeonslot m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM