Tuesday, April 30, 2024
घरपत्रपत्रिकाआज चैती छठ मनाईंदै

आज चैती छठ मनाईंदै

वीरगंज/तराई मधेशमा आज चैती छठ पर्व मनाइँदै छ । शुक्रबारबाट सुरु भएको चैती छठ अन्तर्गत आज साँझ अस्ताउँदो गरेको सूर्यलाई अर्घ दिइने छ । छठ पर्वका लागि तराई मधेशका ताल, नदी र पोखरीहरूलाई दुलही झै श्रृङ्गारिएको छ ।

शरद र वसन्त ऋतुमा गरी वर्षमा दुईपटक मनाइने छठ पर्वमा सूर्य भगवानको पुजा आरधना गर्ने गरिन्छ । पर्वको पहिलो दिन व्रतालुहरूले चोखो खाने, दोस्रो दिन नहा खाए गर्छन् भने तेस्रो दिन दिनभरि उपवास बसेर साँझ सखर मिसाइएको खिर खाने गर्छन् । जसलाई खरना पनि भन्ने गरिन्छ ।

छठको अन्तिम दिन भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर विधिवत रुपमा छठ सम्पन्न हुनेछ ।

अर्को के पढ्ने...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img
- Advertisment -