२०८३ बैशाख ३१ गते, बिहीबार ०५:१६

मधेश प्रदेशमा तस्करी, डिआइजी पोखरेलको कमाण्डिङ असफल

काठमाडौं । प्रहरी प्रधान कार्यालयले शुक्रबार ६ जिल्लाका एसपी तानेपछि प्रहरीमा तरंग उत्पन्न भएको छ ।कार्यसम्पादनमा कमजोर रहेका र उजुरी परेका प्रहरी इन्चार्जलाई तत्कालै हटाइहाल्ने नीति पछिल्लोपटक गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको छ । जसअनुसार केही एसपी दुई महिना पनि नपुगी तानिएका छन् । तानिनेमा धेरैजसो मधेस प्रदेशका छन् । महोत्तरीका श्याम कुमार राई र सर्लाहीका दयानिधी ज्ञवाली दुई महिना पनि अवधि नपुगी तानिए ।

त्यस्तै, बाराका सुरेश काफ्ले, रौतहटका महेन्द्र श्रेष्ठ र धनुषाका मित्रबन्धु शर्मा कार्यसम्पादनको उजुरीका आधारमा अवधि नपुगी कारबाही स्वरुप तानिएका हुन् । मधेसका जिल्लामा अनियमितता बढेको उजुरीका आधारमा उनीहरु तानिएका हुन् । पर्साका कुमोध ढुंगेल र सिराहका सन्तोष आचार्य भने कार्यसम्पादन सन्तोषजनक भएको आधारमा जोगिएका हुन् ।कमजोरी देखिएकामा उनीहरुलाई पनि हटाइहाल्ने प्रहरी प्रधान कार्यालयको चेतावनी छ । यो प्रकरणले मधेस प्रदेशका प्रहरी प्रमुख डिआइजी यज्ञबिनोद पोखरेलको पनि कुर्सी हल्लिएको छ ।

उनको समेत मधेसमा बलियो कमाण्ड हुन सकेको छैन । आफैंले घुमुवा परिचालन गरेको समेत उजुरी परेका छन् । जसकारण एसपीहरु तानिएपछि डिआइजी पोखरेल पनि सतर्क भएको स्रोत बताउँछ ।नयाँ सरुवा भएका एसपीलाई प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले निर्देशन दिदै कुनै कमजोरी देखिएमा तत्काल हटाउने चेतावनी आइतबार दिएका छन् । धनुषामा सरुवा भएका भुवनेश्वरी तिवारी, महोत्तरीमा नकुल पोखरेल, सर्लाहीमा रबिन्द्रबहादुर सिंह, बारामा महेन्द्र खड्का र रौतटहमा दिलिप घिमिरेलाई जिम्मेवारी दिइएको छ ।त्यस्तै, बाँकेका एसपी सुवास बोहरालाई पनि चार महिनामै हटाएर त्यहाँ तुलबहादुर कार्कीलाई पठाइएको छ ।

मधेश प्रदेशमा तस्करी, डिआइजी पोखरेलको कमाण्डिङ असफल
काठमाडौं । प्रहरी प्रधान कार्यालयले शुक्रबार ६ जिल्लाका एसपी तानेपछि प्रहरीमा तरंग उत्पन्न भएको छ ।कार्यसम्पादनमा कमजोर रहेका र उजुरी परेका प्रहरी इन्चार्जलाई तत्कालै हटाइहाल्ने नीति पछिल्लोपटक गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको छ । जसअनुसार केही एसपी दुई महिना पनि नपुगी तानिएका छन् । तानिनेमा धेरैजसो मधेस प्रदेशका छन् । महोत्तरीका श्याम कुमार राई र सर्लाहीका दयानिधी ज्ञवाली दुई महिना पनि अवधि नपुगी तानिए ।

त्यस्तै, बाराका सुरेश काफ्ले, रौतहटका महेन्द्र श्रेष्ठ र धनुषाका मित्रबन्धु शर्मा कार्यसम्पादनको उजुरीका आधारमा अवधि नपुगी कारबाही स्वरुप तानिएका हुन् । मधेसका जिल्लामा अनियमितता बढेको उजुरीका आधारमा उनीहरु तानिएका हुन् । पर्साका कुमोध ढुंगेल र सिराहका सन्तोष आचार्य भने कार्यसम्पादन सन्तोषजनक भएको आधारमा जोगिएका हुन् ।कमजोरी देखिएकामा उनीहरुलाई पनि हटाइहाल्ने प्रहरी प्रधान कार्यालयको चेतावनी छ । यो प्रकरणले मधेस प्रदेशका प्रहरी प्रमुख डिआइजी यज्ञबिनोद पोखरेलको पनि कुर्सी हल्लिएको छ ।

उनको समेत मधेसमा बलियो कमाण्ड हुन सकेको छैन । आफैंले घुमुवा परिचालन गरेको समेत उजुरी परेका छन् । जसकारण एसपीहरु तानिएपछि डिआइजी पोखरेल पनि सतर्क भएको स्रोत बताउँछ । नयाँ सरुवा भएका एसपीलाई प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले निर्देशन दिदै कुनै कमजोरी देखिएमा तत्काल हटाउने चेतावनी आइतबार दिएका छन् । धनुषामा सरुवा भएका भुवनेश्वरी तिवारी, महोत्तरीमा नकुल पोखरेल, सर्लाहीमा रबिन्द्रबहादुर सिंह, बारामा महेन्द्र खड्का र रौतटहमा दिलिप घिमिरेलाई जिम्मेवारी दिइएको छ ।त्यस्तै, बाँकेका एसपी सुवास बोहरालाई पनि चार महिनामै हटाएर त्यहाँ तुलबहादुर कार्कीलाई पठाइएको छ ।
यतिहुँदा हुँदै मधेश प्रदेशका विभिन्न जिल्लामा तस्करी जारी छ ।
मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी यज्ञविनोद पोखरेलको ध्यान शान्ति सुरक्षा र तस्करी नियन्त्रणमा भन्दा अतिरिक्त आम्दानीतिर बढी केन्द्रित हुँदैआएको छ ।

नेपालफेसका अनुसार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सादा पोशाकका घुमुवा परिचालन नगर्न निर्देशन दिइसकेपछि डीआईजी पोखरेलले नयाँ शैली अपनाएर अतिरिक्त आम्दानीको मार्ग पहिल्याएका छन् । उनले रौतहट, बारा र पर्साको असुलीमा गण्डक प्रहरी चौकीका इन्चार्ज असई प्रमोद सिंहलाई परिचालन गरेका छन् ।

उमेश रंजितकार मधेश प्रदेशको डीआईजी हुँदा उनले कमाउधन्दाका लागि प्रदेशकै घुमुवा राखेका थिए । सिंहले रौतहटमा दरबन्दी राखी रंजितकारका पालामा ८ वटै जिल्लामा डीआईजीको घुमुवाका रुपमा उठाउने गरेको आरोप लागेको थियो ।

सिंहका बारेमा धेरै नै गुनासा आएपछि तत्कालीन आईजीपी शैलेश थापा क्षेत्रीले उनलाई ताप्लेजुङ सरुवा गरिदिएका थिए । थापा आईजीपीबाट हटेपछि डेढ बर्षअघि उनी माथिसम्म सेटिङ मिलाएर फेरि काजफिर्ता भएर पर्सामै आउन सफल भएका थिए ।

पर्सामा फिर्ता भएपछि उनी गण्डक चौकीको इन्चार्ज भए । पोखरेल प्रदेशको डीआईजी भएपछि उनलाई बारा, पर्सा र रौतहटमा दस्तुरी उठाउन खटाइएको छ । प्रदेशकै घुमुवा राख्दा गृहमन्त्री लामिछानेकोमा कुरा पुग्ने भएपछि उनले गण्डक चौकीकै इन्चार्जलाई घुमाउरो ढंगले परिचालन गरेको स्रोतले बतायो । असई सिंहले रौतहटको पैसा उठाउन बारामा कार्यरत जवान नवीन गुरुङलाई परिचालन गरेका छन् भने रौतहटमा पर्सामा कार्यरत अर्का जवान सरोज यादवलाई लगाएका छन् ।

बारा प्रहरीका एसपीका घुमुवाका रुपमा खटिएका सरोज यादवलाई ४ बर्षअघि १५ हजार घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरी भ्रष्टाचार मुद्दा चलाएको थियो । अख्तियारको टोलीले २०७६ पुस २ गते कलैयाको सिद्धेश्वरस्थित मन्दिरमा घरेलु मदिरा उत्पादन गर्ने एक ब्यक्तिसँग घुस रकम लिइसकेको अवस्थामा पक्राउ परेका थिए ।

भ्रष्टाचार मुद्दामा सफाइ पाउनासाथ उनी पुनः मधेश प्रदेशमा सरुवा मिलाएर घुमुवाका रुपमा कमाउधन्दामा लिप्त हुन थालेका छन् ।

त्यसैगरी, डीआईजी पोखरेलका आफन्त पर्ने नेपाल प्रहरीका एक जना पूर्व पूर्वएसएसपीले समेत प्याज तस्करहरुसँग लाइन मिलाउने गरेको आरोप छ । उनले डीआईजी पोखरेल मधेश प्रदेशमा आएपछि धनुषादेखि पर्सासम्मका प्याज, कपडाका कारोबारीहरुसँग लाइन मिलाइदिने भनेर उठाउने गरेको आरोप छ । उनले गौरका चर्चित ब्यापारी शम्भु साहसँग डीआईजी पोखरेलसँग सेटिङ मिलाइदिएपछि त्यो नाकाबाट खुलेआम तस्करी मौलाएको छ ।

पर्सामा केहि समय अघि मात्र आएका प्रहरी उपरीक्षक कुमोध ढूंगेलले जिल्लामा कड़ाई गरेपछि संस्थागत तस्करी धेरै हदसम्म नियन्त्रणमा आएपनि महानगर क्षेत्रभित्रै अवैध मदिरा भट्ठी, क्यासिनोमा नेपालीको प्रवेश, होटेलहरूमा यौन धन्धा, हुण्डीलगायतका अवैध कारोबार भने अपेक्षित नियन्त्रण हुन सकेको छैन।

प्रतिक्रिया लेख्नुहोस्

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

Live

Listen Live FM