२०८३ जेष्ठ ४ गते, सोमबार ०३:४८

घुस बापत झण्डै तीन रोपनी जग्गा किनाउने इञ्जिनियरविरुद्ध मुद्दा

काठमाडौँ/घुस बापत झण्डै तीन रोपनी जग्गा र नगद लिने इञ्जिनियरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।

अख्तियारले आइतबार लुम्बिनी विकास कोषका योजना प्रमुखसमेत रहेका इञ्जिनियर सरोज भट्टराईविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो।

भट्टराईले कोषमा ठेक्काको काम गर्ने निर्माण सेवाका प्रोप्राइटरसँग घुस बापत माग गरेको ८० लाख रुपैयाँ तेस्रो व्यक्तिको खातामा पठाएर भक्तपुरको साविक गुण्डु गबिस –३ को कित्ता नम्बर १३७४ को दुई रोपनी ९ आना र १३७५ को दुई आना जग्गा खरिद गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। ८० लाखमा खरिद गरेको उक्त जग्गा निर्माण सेवासँग सम्बन्धित दुई फरक फरक व्यक्तिसँग बैंकमार्फत लिएको आयोगको दाबी छ।

आयोगले भट्टराई र उनकी आमा जनक नन्दनी भट्टराईलाई पनि विपक्षी बनाएको छ। खरिद गरिएको जग्गा उनले आमाको नाममा राखेको आयोगले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

Live

Listen Live FM