२०८३ जेष्ठ ४ गते, सोमबार ०३:४५

वाइडबडी भ्रष्टाचार : पूर्व मन्त्री, निगमका पूर्व महाप्रबन्धक, पूर्व सचिवसहित ३२ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमको लागि वाइड बडी विमान खरिदमा भ्रष्टाचार गरेको आरोपमा पूर्व मन्त्री, नेपाल वायुसेवा निगमका महानिर्देशक, पूर्व पर्यटन सचिवसहित ३२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले पूर्व पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका पूर्व महाप्रबन्धक सुगतरत्न कंसाकार, पूर्व पर्यटन सचिव शंकर अधिकारीसहित ३२ जनाविरुद्ध मुद्दा दायर गरेको हो । अख्तियारले दायर गरेको आरोप पत्रमा वाइडबडी खरिदमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार भएको उल्लेख गरिएको छ ।

पूर्वमन्त्री शाही अहिले प्रदेश सभा सांसद छन् । उनी कर्णाली प्रदेशमा नेपाली कांग्रेसको संसदीय दलको नेता हुन् । निगमका पूर्व महाप्रबन्धक कंसाकार निगमबाट बाहिरिएपछि सार्वजनिक जिम्मेवारीविहीन छन् । पूर्व पर्यटन सचिव अधिकारीले पनि अवकाश पाइसकेका छन् ।

नेपाल वायुसेवा निगमका लागि एयरबस कम्पनीका २ वटा विमान खरिद गर्दा २४ अर्ब रुपैयाँ भुक्तानी गरिएको थियो । मुख्य कम्पनीसँग सम्झौता नगरी बिचौलिया कम्पनीमार्फत भएको यो खरिदमा अनियमितताको आरोप लागेको छ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले यस विषयमा छानबिन गर्न गठन गरेको उपसमितिले विमान खरिदमा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ अनियमितता भएको निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

Live

Listen Live FM