Friday, May 3, 2024
घरपत्रपत्रिकाअप्रिल फूल डे" को इतिहास के हो ? कसरी शुरूवात भयो ??

अप्रिल फूल डे” को इतिहास के हो ? कसरी शुरूवात भयो ??

✍️ गोपाल पाल्पाली आचार्य

✍️ गोपाल पाल्पाली आचार्य

सन् १५८२ मा फ्रान्सले आफ्नो परम्परागत जुलियन क्यालेन्डर छोडेर इसाईहरुको ग्रेगोरियन क्यालेन्डर अपनायो । पहिलाको जुलियन क्यालेन्डर अनुसार अप्रिल १ मा उनीहरुको नयाँ वर्ष हुन्थ्यो । नयाँ वर्षको खुसियालीमा फ्रान्सेली हरुले शुभकामना आदानप्रदान गर्ने र एक आपसमा रमाइलो गर्ने गर्थे । जब इसाईहरुको नयाँ क्यालेन्डर लागू गरियो, त्यसपछि पनि केहि फ्रान्सेली कट्टरपन्थी हरुले आफ्नो परम्परागत क्यालेन्डर अनुसार नै नयाँ वर्ष मनाउन थाले । उनीहरुले इसाईहरुको नयाँ क्यालेन्डर अनुसार जनवरी १ लाई नयाँ वर्ष मान्न तयार भएनन् । तिनीहरुलाई इसाईहरुले ‘फूल’ अर्थात् ‘मूर्ख’ भन्ने, मजाक उडाउने र तिनीहरु लाई मूर्ख बनाउन झुक्याउने, छल्ने (प्रान्क गर्ने) गर्न थाले । यसरी बिस्तारै बिस्तारै त्यो दिनलाई मजाक गर्ने, प्रान्क गर्ने, ख्यालठट्टा गर्ने दिनको रूपमा विकास हुँदै गयो र युरोप भरि फैलियो ।

नेपालमा कसरी आयो ? 

नेपालमा यो चलन भारतबाट आएको हो । भारतमा ‘अप्रिल फूल डे’ मनाउने शुरूवात १९ औं शताब्दीमा अंग्रेजहरुले गरेका थिए । त्यो बेला भारतमा अंग्रेजहरुको शासन थियो । उनीहरुले आफ्नो संस्कृति भारतमा चलाउन चाहन्थे । सोही अनुरुप उनीहरुले भारतमा पनि अप्रिल फुल मनाउने र त्यसको लागि भारतीय नागरिकहरुलाई ‘मूर्ख’ बनाउने गर्न थाले । अनि ‘मूर्ख’ बनाइसकेपछी ‘अप्रिल फूल’ भन्दिने र टार्दिने गर्न थाले । यसरी भारतमा चलेको त्यो चलन अंग्रेजहरुले छोडेर गैसकेपछी पनि चलनकै रूपमा बसिरह्यो र अहिले एउटा पर्वकै रूपमा मनाउन थालियो । यसरी भारतको प्रभावमा त्यो चलन नेपालमा भित्रियो ।

त्यसैले इसाईहरुले अरुलाई झुक्याउने र मूर्ख बनाउने नियतले चलाएको यस्तो घटिया चलन हामीले मनाउन जरुरी छैन । किनकि हामी नेपाली मूर्ख हैनौं र मूर्ख छैनौं । हामी इतिहासमा कहिल्यै कसैको दास गुलाम भएनौं भने अब किन हुने ?

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -