२०८३ बैशाख ३१ गते, बिहीबार ०६:१७

सशस्त्र प्रहरीद्वारा काठको गोलिया र राजस्व छलि भित्र्याइएका सामानसहित दुई पक्राउ

वीरगंज/ सशस्त्र प्रहरी बल नेपालले पर्साको छुट्टाछुट्टै स्थानबाट

काठको गोलियासहित दुई जना मानिस एवं भन्सार राजस्व छलि गरि भित्र्याइएका सामान बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, हेक्वा पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र सिंहले दिनु भएको जानकारी अनुसार सोमबार वीरगंज-७ रेल्वे रोडबाट प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंज पर्साबाट खटिएको गाडी मोबाईल टोलीले अबैध रुपमा भारतबाट भन्सार छलि ल्याई गाडीमा लोड गर्ने क्रममा गाडी मोबाईल टोलीलाई देखी सामान सोहि स्थानमा छाडि ब्यक्तिहरु भागि गएको हुदाँ उक्त सामान चेकजाच गर्दा कुनै किसिमको कागजात तथा प्रज्ञापन पत्र नभएकोले आठ लाख ४० हजार मूल्य बराबरको कुर्ता सुरुवाल ८५ सेट, टप्स ७५० पिस, जुत्ता ७६ जोर, काजु २३० के.जी बरामद गरेको छ।

त्यस्तै वीरगंज-१६ भन्सार मेनगेट नजिकबाट अबैध रुपमा भारतबाट विभिन्न सवारी साधनमा लोड गरि नेपालतर्फ ल्याउँदै गरेको मुल्य रु. एक लाख २२, सात सय २० रुपैयाँ बराबरको कपडा छाडि ब्यक्ति भागि गएको हुदाँ उक्त सामान बरामद गरिएको सशस्त्र प्र. ना.उ. सिंहले बताए।

बरामद गरिएका ती सामान आवश्यक कारवाहीकालागि वीरगंज भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्र. ना.उ. सिंहले बताउनु भयो।

त्यसैगरी वीरगंज-३१ भेडियाहि बाँसझाङबाट सु.बेश वेलवाबाट र सब डिभिजन वन कार्यालय सबैयाबाट खटिएको संयुक्त टोलीले अबैध रुपमा जंगलबाट कटान गरि ल्याई दुई जना ब्यक्तिहरुले १ वटा सालको गोलिया चिरान गरि रहेको अबस्थामा मुल्य रु. ५० हजार  बराबरको २० क्यु.फिट सालको गोलिया, आरा र निज दुई जना ब्यक्ति सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीकालागि सब डिभिजन वन कार्यलय सबैयामा बुझाईएको उनले बताए।

हेर्नुहोस् भिडियो

 

प्रतिक्रिया लेख्नुहोस्

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

Live

Listen Live FM