२०८३ बैशाख ३१ गते, बिहीबार ०७:३१

हुण्डीको ६ लाख रुपैयाँसहित एक जना पक्राउ

वीरगञ्ज – पर्सा प्रहरीले हुण्डी करोबारमा संलग्न रहेको आरोपमा वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषा गणेशमान चारनाथ नगरपालिका–६ घर भई हाल वीरगञ्ज–१६ बस्ने रामबाबु साह कलवार रहेका छन्।

शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा प्रहरीले कलवारलाई खानतलासी गर्दा उनको साथबाट नेपाली ६ लाख ८२ हजार रुपैयाँ बरामद भएको हो। यस्तै, प्रतिबन्धित भारु पाँच सय दरको २८ हजार, विभिन्न बैंकको १९ थान चेकबुक बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता डिएसपी कुमार विक्रम थापाले जानकारी दिए।

कलवारलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्धको कसूरमा थप अनुसन्धान भइरहेको थापाले बताए।

प्रतिक्रिया लेख्नुहोस्

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

Live

Listen Live FM