२०८३ बैशाख २४ गते, बिहीबार ०६:३८

मधेश सरकारको गठबन्धन टुट्योः काँग्रस आउट, एमाले भित्रियो

जनकपुरधाम/ केन्द्र सरकारमा गठबन्धन फेरिएपछि मधेश प्रदेश सरकारको पनि गठबन्धन टुटेको छ ।
गठबन्धन टुटेपछि काँग्रेस सरकारबाट बाहिरिएको छ भने एमालेले पुनः प्रवेश गरेको छ ।

आइतबार मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिमण्डल पुनर्गठन गर्दा भौतिक पूर्वाधार विकासमन्त्रीको रुपमा एमालेका संसदीय दलका नेता सरोजकुमार यादवले पद तथा गोपनीयताको सपथ लिए।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले यादवलाई पद तथा गोपनीयताको सपथ खुवाएकी हुन्। उनले आज प्रदेश प्रमुखको पदभार ग्रहण गरेपछि मुख्यमन्त्री यादवले मन्त्रिमण्डलको पुनर्गठन गरेका हुन्।

यद्यपि, बाँकी मन्त्रालयहरु भने अहिले खाली नै रहेको छ। कांग्रेसबाट मन्त्री बनेकाहरुले राजीनामा नदिएपछि मुख्यमन्त्री यादवले उनीहरुलाई बर्खास्त गर्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM