२०८३ बैशाख ३१ गते, बिहीबार ०८:१८

संयमताका साथ होली मनाऔँ भन्ने सन्देशका साथ राष्ट्रिय मानव अधिकार प्रतिष्ठानद्वारा होली मिलन समारोह सम्पन्न

कलैया/राष्ट्रिय मानव अधिकार प्रतिष्ठानले “संयमताका साथ होली मनाऔँ ” भन्ने नाराका साथ आयोजना गरेको होली मिलन समारोह सम्पन्न भएको छ।
बाराको कलैयामा प्रतिष्ठानका सभापति बृज किशोर साहको सभापतित्वमा भएको कार्यक्रमका वक्ताहरूले पौराणिक कालदेखि असत्यमाथि सत्यको विजय भएको खुशियाली स्वरुप मनाईदै आएको होली पर्वलाई पछिल्ला दिनमा हाम्रो समाजमा जाँड रक्सी खाने, हुल हुज्जत गर्ने, जबरजस्ती रंग र लोला हान्ने पर्वको रुपमा रुपमा मनाउने कार्य बढ़दै जाँदा यो पर्वको मौलिकता हराउँदै जाने खतरा रहेको प्रति चिन्ता व्यक्त गरेका थिए।


सहभागी वक्ताहरुले रंगहरूको यस पर्वले सबैको जीवनमा खुशी, उमंग, आपसी भातृत्व अझ प्रगाढ़ बनाउन सफल होस् भन्ने कामना गर्दै एक अर्कालाई अबीर लगाएर शुभकामना आदान प्रदान गरेका थिए।
कार्यक्रममा अग्रज राष्ट्रवादी नेता राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता भरत बहादुर मल्ल, मानव सेवक, तिलेन्द्र पुरुष ढकाल, शिव नारायण शाह, संजय पटेल, चन्द्रभूषण शर्मा, मंजु सिंह, पुनम शाह, राधिका न्यौपाने जयसवाल, सन्नी जयसवाल, शोभावती पटेल, सुनिल साह, अशोक चौधरी, मन कुमारी लामालगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

Live

Listen Live FM