२०८३ जेष्ठ २३ गते, शनिबार २२:००

राष्ट्रियसभा अध्यक्षमा आफूले पाएको भूमिकालाई प्रधानमन्त्रीसँग नजोड्न आग्रह

काठमाडौँ– राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले आफूले पाएको भूमिका प्रधानमन्त्री पुष्पकमल दाहालसँग व्यक्तिगत रुपमा नरहेको बताएका छन्।

राष्ट्रिय सभाको बुधवारको बैठकमा उनले आफूले जनतालाई धोका हुने र पछुतो हुने कुनै काम नगरेको बताए।उनले आफूहरूको सम्बन्ध कहिल्यै पनि व्यक्तिगत वा पारिवारिक रुपमा नभएको भन्दै प्रधानमन्त्री दाहाल र आफ्नो सम्बन्ध विचार केन्द्रित सहकर्मीको रुपमा मात्रै रहेको बताए।

उनले भने, ‘मैले सम्झेसम्म जनतालाई धोका हुने र पछुतो हुने कुनै काम गरेको छैन । मैले प्राप्त गरेको भूमिका खास पारिवारिक सम्बन्धसँग जोडेर चर्चा गरिएको पनि पाएको छु। तर हाम्रो त्यो सम्बन्ध कहिल्यै पनि व्यक्तिगत वा पारिवारिक रुपमा थिएन र छैन।

हाम्रो सम्बन्ध सधैँभरि विचार केन्द्रित सहकर्मीको रुपमा रहेको छ।’उनले अध्यक्षमा मनोनयन भएपछि नै आफूले आफ्नो दलीय आवद्धता र संलग्नता त्याग गरेको बताए।

प्रतिक्रिया लेख्नुहोस्

पूर्वमुख्यमन्त्रीसँगै तीन जना एउटै मोटरसाइकलमा ! ट्राफिकले रोकेपछि हेलमेटले प्रहरीमाथि प्रहार, चालक पक्राउ

धनगढी । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारी सवार रहेको मोटरसाइकललाई

प्रहरी हिरासतबाट छुटेको भोलिपल्टै कारबाही: सचिव कृष्णहरि पुष्कर जिम्मेवारीविहीन

काठमाडौं। सरकारले उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई जिम्मेवारीबाट हटाउँदै प्रधानमन्त्री

Live

Listen Live FM