Wednesday, May 22, 2024
घरपत्रपत्रिकागौर नगरपालिका सरसफाईमा उदासिन, जथाभावि फोहोर थुप्रिँदा महामारी फैलिने खतरा

गौर नगरपालिका सरसफाईमा उदासिन, जथाभावि फोहोर थुप्रिँदा महामारी फैलिने खतरा

गौर/रौतहटको सबभन्दा पूरानो नगरपालिका गौर नगरपालिकाका जन प्रतिनिधि एवं कर्मचारीहरू नगरवासीको स्वास्थ्य एवं सरसफाइ प्रति संवेदनशील नबन्दा नगरवासी दुर्गन्धयुक्त वातावरणमा बस्न बाध्य भएका छन् ।
महानगर क्षेत्रभित्र यसरी जथाभावि फोहोर फाल्दा त्यसबाहेक अनेक किसिमको संक्रमक रोग र महामारी फैलिने खतरा समेत बढ्दै गएको अवस्थालाई समेत नगरपालिकाले गम्भीरतापूर्वक नलिएको नगरवासीहरूले गुनासो गरेका छन् ।

गौर नपा-२ स्थित ज्ञान ज्योति स्कूल पछाडी थुप्रिएको पोहोर

गौर नगरपालिकाको वडा नं. २ मा रहेको ज्ञान ज्योति स्कूलको पछाडीपट्टीको खुल्ला ठाउँ जहाँ घना मानवबस्ती समेत रहेको छ त्यहाँ सडेगलेका दुर्गन्धित फोहोरमैला देखि अनेक सिसिमका प्लाष्टिक तथा संक्रामक रोग फैलाउने फोहोरहरू थुपारेर राख्ने गरेको देखेर पनि नगरपालिकाका सरसफाइका कर्मचारी, जन फ्रतिनिधि, एवं जिम्मेवार व्यक्तिहरूको मौन बस्नुले यिनीहरू नै संत्रमक रोग फैलाएर जनतालाई रोगी बनाउने अभियानमा त लागेका छैनन् ? स्थानीयहरूले प्रश्न गरेका छन् ।
त्यति मात्र नभई नगरको सबै ठाउँ जस्तै सो ठाउँमा पनि सार्वजनिक शौचालयको व्यस्था नहुँदा बाक्लो वस्तीकै क्षेत्रमा घरको गल्ली, छेउमा जनावरजस्तै जथाभावी दिसा पिसाब गर्ने गरेको समेत स्थानीयहरूको गुनासो रहेको छ ।
यसबारे पटक पटक वडा देखि नगरपालिका नगर प्रमुख–उप प्रमुखसम्मलाई जानकारी गराउँदा समेत नगरपालिका कार्यालयले वास्ता नगर्दा आफूहरू महामारीको खतरामा बाँच्नु परिरहेको स्थानीयहरूले गुनासो गरे ।

गौर नपा-२ स्थित ज्ञान ज्योति स्कूल पछाडी थुप्रिएको पोहोर

यस सन्दर्भमा गौर नगरपालिकाका सूचना अधिकारी सरोज कुमार लाल दाससँग कुरा गर्दा उनले लिखित जानकारी आएमा नगरपालिका एक्सनमा आउने बताउनु भयो ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -