२०८३ बैशाख २४ गते, बिहीबार ०९:५४

“लाखौँ जनताको उपस्थितिमा माघ १३ गते राजा ज्ञानेन्द्रको अभिनन्दन गरिने”

वीरगंज/ माघ १३ गते वीरगंजमा हुन लागेको राजा ज्ञानेन्द्रको नागरिक अभिनन्दन समारोह सभ्य र भव्य बनाउने तयारी तिब्र रुपमा भैरहेको आयोजक समितिले जनाएको छ।

श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकारको स्वागत तथा नागरिक अभिनन्दन मूल समारोह समितिका महासचिव हिरा बहादुर चन्दले मंगलबार टिभी जर्नलिस्टहरूसँगको भेटघाटमा सो कुरा बताउनु भएको हो।

पर्सा, बारा, रौतहट, मकवानपुरलगायतका जिल्लाका लाखौँ जनताको प्रत्यक्ष उपस्थिति एवं विभिन्न राजनीतिक दल, राष्ट्रवादी/हिन्दूवादी संघसंस्थाको सहभागितामा वीरगंजस्थित लाल बंगलाको प्रांगनमा राजा ज्ञानेन्द्रको नागरिक अभिनन्दन गरिन लागेको नागरिक अभिनन्दन मूल समारोह समितिका अध्यक्ष नेपाली कांग्रेसका वरिष्ठ राजनीतिज्ञ एवं वरिष्ठ अधिवक्ता देवेंन्द्रलाल नेपालीले बताउनु भयो।

राजा ज्ञानेन्द्रलाई देशभरिका जनताबाट ठाउँ ठाउँमा गरिंदै आएको अभिनन्दन वीरगंजमा पनि हुने खबरले यस आसपासका जिल्लाका सर्वसाधारण नागरिकहरू उत्साहित देखिएको प्रचार प्रसार संयोजक मानव सेवकले बताउनु भयो।

अभिनन्दन समारोहमा प्रतिनिधित्व गर्न विभिन्न उद्योगी व्यवसायीका संघसंगठन, राजनीतिक दल, संघसंस्थालगायतले हार्दिकतापूर्वक इच्छा जाहेर गरिरहेको बताईएको छ।

यसैबीच राष्ट्रिय शक्ति नेपालका केन्द्रिय अध्यक्ष एवं पूर्व मन्त्री केशर बहादुर विष्ट सम्मिलित टोलीले मंगलवार नागरिक अभिनन्द समारोह स्थलको स्थलगत निरीक्षण गर्नु भएको छ।

सो अवसरमा मंच व्यवस्थापन समितिका संयोजक एवं मूल समारोह समितिका कोषाध्यक्ष राजकुमार सिंधी, नरेश बहादुर सिंहलगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM