२०८३ बैशाख २४ गते, बिहीबार ०९:५७

माघ १३ गते वीरगंजमा राजा ज्ञानेन्द्रको अभिनन्दनको तीव्र तयारी: मूल समारोह समिति

वीरगंज/यहि माघ १३ गते श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकारको नागरिक अभिनन्दन गर्न तीव्र रुपमा तयारी थालिएको श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शहदेव सरकारको स्वागत तथा नागरिक अभिनन्दन मूल समारोह समितिका महासचिव हिरा बहादुर चन्दले बताउनु भएको छ।

राजा ज्ञानेन्द्र विर विक्रम शाहदेवको स्वागत तथा नागरिक अभिनन्दनको तयारी बारे मूल समारोह समितिले शनिवार वीरगंज स्थित होटल सम्झनामा राजाको अभिनन्दनका लागि गठित स्वागत तथा अभिनन्दन मूल समारोह समिति वीरगंजको बसेको विस्तारित बैठकले वृहत छलफल गरेपछि महासचिव चन्दले सो कुरा बताउनु भएको हो।

समितिका अध्यक्ष नेपाली काँग्रेसका वरिष्ठ राजनीतिक विश्लेषक, वरिष्ठ अधिवक्ता, नेविसंघका संस्थापक संयोजक देवेन्द्रलाल नेपालीको नेतृत्वमा विभिन्न उपसमितिका संयोजक सहितको बैठकले माघ १३ गते वीरगंज स्थित लालबंगला परिसरमा हुने राजा शाहको स्वागत तथा नागरिक अभिनन्दन कार्यक्रमलाई सभ्य र भव्य बनाउन सक्रियता पूर्वक लाग्ने निर्णय गरेको छ प्रचार प्रसार संयोजक मानव सेवकले बताउनु भयो ।

बैठकले कार्यक्रमका लागि गठन गरिएका विभिन्न उपसमिति संयोजकहरुलाई आ-आफ्नो क्षेत्रमा कृयाशिलताका साथ अगाडि बढ्न निर्देशन दिंदै राजाको स्वागत तथा नागरिक अभिनन्दनमा व्यापक सहभागीताका लागी जन समुदायमा अपिल गर्ने निर्णय पनि गरेको मानव सेवकले जानकारी दिनु भयो ।

बैठकमा विभिन्न उपसमिति संयोजक तथा सदस्यहरुबाट कार्यक्रम बारे आएको सुझाव समेत संकलन गरिएको र त्यसलाई कार्यान्वयनमा लैजाने बारे समेत वृहत छलफल भएको बैठकमा सहभागी मूल समारोह समितिका महासचिव हिरा बहादुर चन्दले जानकारी दिनु भयो ।

बैठकमा मूल समारोह समितिका उपाध्यक्ष पशुपति विक्रम शाह, महासचिव हिरा बहादुर चन्द, प्रचार प्रसार संयोजक मानव सेवक, श्रीमती शान्ति खड्का, डा. राजीव झा, अनुगमन समितिका संयोजक जनकलाल शाह, स्वयम् सेवक परिचालन समितिका संयोजक वीरेन्द्र थापा, युवक परिचालन समितिका संयोजक उपेन्द्र यादव, प्रचार प्रसार समितिका सदस्य सत्तार अन्सारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका पर्सा अध्यक्ष सुमेस्वर उपाध्याय, किरण मान डंगोल, सचिव पन्नालाल पटेल, शिवसेना नेपालका नारायण अर्याल लगायत विभिन्न राष्ट्रवादी संघसंगठन तथा दलका पर्सा, बारा, रौतहट, मकवानपुरका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM