Sunday, December 8, 2024
घरप्रदेशनेपालमा मानव अधिकारको स्थिति खस्केको छ : केन्द्रिय सचिव चौहान 

नेपालमा मानव अधिकारको स्थिति खस्केको छ : केन्द्रिय सचिव चौहान 

वीरगंज/अन्तर्राष्ट्रिय ७५ औ मानव अधिकार दिवस वीरगंजमा पनि मनाईएको छ।

इमनेस्टी इंटरनेशनल नेपाल, समूह १६को आयोजनामा वीरगंजको आदर्शनगरबाट निस्केको मैनबत्ती जुलुस घण्टाघरमा पुगेर कोणसभामा परिणत भयो।

कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दीपेन्द्र चौहानले मानिस संसारको जुनसुकै स्थानमा जन्मेपनि मौलिक अधिकारको रुपमा मानव अधिकार लिएरै जन्मिएका हुन्छन्। तर पछिल्लो समयमा नेपाल लगायत विश्वभर मानव अधिकारको अवस्था खस्किंदै गएको बताउनु भयो।

केन्द्रिय सचिव चौहानले नेपालको मानव अधिकारको अवस्था खस्किँदै जानुमा सत्य निरुपण तथा मेल मिलाप आयोगको निरीहता रहेको पनि बताए।

इमनेस्टी इंटरनेशनल नेपाल, समूह १६ का अध्यक्ष प्रकाश बाहेतीको सभापतित्वमा भएको सो कार्यक्रममा कोषाध्यक्ष कमलेश अग्रवाल, संगीता पटेल लगायतले मन्तव्य प्रकट गर्नु भएको थियो भने सल्लाहकार राजेश जैन बोथरा, बृजेश अग्रवाल, सुनिल महतो, विशाल झा, रंजीत चौधरी लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रम संचालन रजनीश झाले गर्नु भएको थियो।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -