Friday, April 12, 2024
घरसमाचारनक्कली घुमुवा प्रहरी पक्राउ

नक्कली घुमुवा प्रहरी पक्राउ

वीरगंज/ “प्रहरीको घमुवा हुँ’ भन्दै व्यापारीबाट पैसा असुल्दै हिँडेको आरोपमा पर्सा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

बाराको आदर्श कोतवाल गाउँपालिका वडा नम्बर ८ स्थित लक्ष्मीटोल बस्ने ४५ वर्षीय गोविन्द महतो कोइरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

५/६ महिनादेखि आफू मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको बारा, पर्सा र रौतहट जिल्लाको घुमुवा प्रहरी रहेको भन्दै व्यापारीहरूसँग महिनावारी रकम उठाइरहेको सूचना प्राप्त भएपछि कोइरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले बताए ।

सिर्सिया प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले उनलाई स्थानीयको सहयोगमा बुधबार वीरगंज महानगरपालिका वडा नम्बर २३ हरपतगञ्ज सुपौलीस्थित केमिकल कम्पनी नजिकबाट पक्राउ गरिएको थियो।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

News & Updates

Recent Comments