काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सब-इन्जिनियर टिकाराज राईलाई घुससहित नियन्त्रणमा लिएको छ ।
राईले घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध भएपश्चात सेवाग्राहीसँग लिएको ८० हजार रुपैयाँ घुस-रिसवतसहित अख्तियारको टोलीले बिहीबार साँझ पक्राउ गरेको हो ।
टंगालबाट खटिई गएको टोलीले काठमाडौँको बुढानीलकण्ठ नगरपालिकामा कार्यरत सब-इन्जिनियर राईलाई ८० हजार रुपैयाँ घुस-रिसवत लिइसकेको अवस्थामा पक्राउ गरेको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।
नगरपालिकाको वडा नम्बर ७ बाट पक्राउ परेका राईमाथी थप अनुसन्धान भइरहेको दाहालले बताए ।