Saturday, July 27, 2024
घरपत्रपत्रिकाकर्नेलको घरमा चोरी, दुई जना पक्राउ

कर्नेलको घरमा चोरी, दुई जना पक्राउ

काठमाडौं । नेपाली सेनाका कर्नेल कामेश्वर यादवको घरमा चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । ४ मंसिरमा भएको चोरीमा संलग्नको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेमा प्रेमबहादुर तामाङ र अम्बरबहादुर तामाङ रहेका छन् । प्रहरीका अनुसार दुबैले ४ मंसिरमा ललितपुर, भैंसेपाटीस्थित यादवको घर र उनकै घरमा डेरा लिएर बसेका शोभा ढकालको कोठामा चोरी गरेका थिए ।

अमेरिकी डलर, भारु र नेपाली रुपैयाँका साथै सुन र चाँदीका गहना गरेर १९ लाख ४२ हजार ६०० बराबरको धनमाल चोरी भएको थियो ।

चोरी भएको रकममध्ये केही डलर र भारुका साथै केही सामान बरामद भएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -