२०८२ असार २० गते, शुक्रबार ०६:२४

लिटिलबडी इंटरनेशनल प्रि-स्कूलमा अभिभावक रंगोली प्रतियोगिता

– नविन कार्की

वीरगंज/ बालबालिकामा धर्म संस्कृतिप्रति सचेतना जगाउने उद्देश्यले विभिन्न लिटिलबड़ी इंटरनेशनल प्रि-स्कूलले विभिन्न खाले सिर्जनात्मक क्रियाकलाप गरिरहेको पाइएको छ।

वीरगंजको पानीटंकीमा रहेको सो स्कूलमा पछिल्लो पटक अभिभावक रंगोली प्रतियोगिताको आयोजना गरेको छ । विद्यालय प्राङ्गणमा आयोजित सो प्रतियोगितामा विद्यालयमा अध्ययनरत बालबालिकाका १० जना अभिभावकले भाग लिएका थिए । ‘ए, बि, सि, डि तथा ई’ गरि ५ वटा समूहमा विभाजन गरि आयोजना गरिएको रंगोली प्रतियोगितामा समूह ‘सि’ प्रथम, ‘डि’ द्वितीय तथा ‘ई’ तृतीय भएका थिए ।

प्रथम, द्वितीय तथा तृतीय हुने समूहलाई विद्यालयको तर्फबाट पुरस्कार प्रदान गरिएको थियो भने आगामी मंसिर महिनाको शुल्कमा छुट समेत दिइएको विद्यालयले जनाएको छ ।

प्रथम हुने अभिभावकलाई बच्चाको मासिक शुल्कको २० प्रतिशत, द्वितीय हुनेलाई १५ प्रतिशत तथा तृतीय हुनेलाई १० प्रतिशत छुट दिइने विद्यालयका प्रधानाध्यापक बिजय कुमार बलले बताउनु भयो । बालबालिकाहरुलाई नेपालीहरुको चाँडपर्व एवं नेपाली सँस्कृत्तिहरुको बारेमा सानैदेखि सिक्ने उद्देश्यले विद्यालयले सबै पर्वहरुमा यस प्रकारका नेपाली सँस्कृत्ति झल्कने कार्यक्रमहरु आयोजना गर्दै आएको बताए ।

प्रधानाध्यापक बिजय कुमार बलको सभापतित्वमा आयोजित कार्यक्रममा विशिष्ठ अतिथि प्याब्सन पर्साका सचिव राहुल श्रीवास्तव, अतिथिहरु सञ्चारकर्मी हरिशंकर शर्मा, नविन कार्की, दिपु वणर्वाल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा माउण्ट मकालु माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापिका रेखा जैसीले निर्णायक मण्डलको भूमिका निर्वाह गर्नु भएको थियो। साथै सोही कार्यक्रमबीच नेपाली सँस्कृत्ति झल्काउने उद्देश्यले विद्यालयका साना साना नानी बाबुसँग देउसीभैलो कार्यक्रम तथा दिपावली, तिहार एवं छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम समेतको आयोजना गरिएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

ऊर्जामन्त्री खड्काको उपस्थितिमा जलविद्युत कम्पनीहरू र राष्ट्रिय ग्रीड कम्पनी बीच ग्रीड कनेक्शन समझदारीमा हस्ताक्षर

काठमाडौँ, १८ असार/राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँचवटा प्रमुख

ऊर्जामन्त्री खड्काको उपस्थितिमा जलविद्युत कम्पनीहरू र राष्ट्रिय ग्रीड कम्पनी बीच ग्रीड कनेक्शन समझदारीमा हस्ताक्षर

काठमाडौँ, १८ असार/राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँचवटा प्रमुख

neelambads

Live

Listen Live FM