२०८३ बैशाख ३१ गते, बिहीबार १०:५३

एसपी मित्र बन्धु शर्मालाई धनुषा प्रहरी प्रमुखको जिम्मेवारी

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले धनुषाका प्रहरी प्रमुखमा एसपी मित्रबन्धु शर्मालाई पठाउने निर्णय गरेको छ । एसपी शर्मालाई धनुषामा काज सरुवा गरिएको प्रहरी प्रवक्ता (डिआइजी) कुवेर कडायतले बताए ।

त्यहाँ कार्यरत प्रहरी उपरीक्षक विश्वराज खड्कालाई सोमबार प्रहरी प्रधान कार्यालयले फिर्ता बोलाएको थियो । धनुषामा मृत अवस्थामा फेला परेकी आरती साहको परिवारले खड्कालाई त्यहाँबाट हटाएर कारबाही गर्न माग गर्दै माइतीघरमा धर्ना बसिरहेका छन् ।

खड्का २०७९ पुस १२ मा धनुषामा सरुवा भएका थिए । सोमबार गृह मन्त्रालयले आरती साहको परिवारलाई वार्तामा आउन आग्रह गरेको थियो । संवादका लागी साहको परिवारले धनुषाका एसपीलाई हटाउनुपर्ने सर्त राखेसँगै उनलाई जिम्मेवारी मुक्त गरिएको हो ।

प्रतिक्रिया लेख्नुहोस्

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

Live

Listen Live FM