Sunday, April 21, 2024
घरप्रदेशकोशी प्रदेशतीन लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

तीन लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

झापा । स्रोत नखुलेको ३ लाखभन्दा बढी भारतीय रुपैयाँसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। स्रोत नखुलेको ३ लाख २० हजार भारतीय रुपैयाँसहित भारत ठानाचोक केबुलटोल बस्ने ६२ वर्षीय जैनुल हकलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले नेपालतर्फ अवैध रूपमा ल्याउँदै गरेको भारतीय ५ सय दरका नोट ५ सय थान, २ सय दरका नोटको २ सय थान र १ सय दरका नोट ३ सय थानसहित मेचिनगर नगरपालिका–६ स्थित भन्सारबाट पक्राउ गरेको थियो ।

उनलाई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाइएको छ ।

अर्को के पढ्ने...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -