Tuesday, January 14, 2025
घरक्राइम चेकलागुऔषधसहित स्वास्थ्य संयोजक पक्राउ

लागुऔषधसहित स्वास्थ्य संयोजक पक्राउ

काठमाडौँ । प्रहरीले लागुअ‍ौषधसहित स्वास्थ्य शाखाका सहसंयोजक बैजनाथ साहसहित दुई जनालाई पक्राउ गरेको छ ।

साह सप्तरीको बोदे बर्साइन नगरपालिकाको स्वास्थ्य शाखाका सहसंयोजक हुन् । शाहसँगै मोहम्मद नजामद्दीन इराकीलाई पनि सोमबार पक्राउ गरिएको सप्तरीका प्रहरी प्रमुख एसपी गजुसिद्धी बज्राचार्यले बताए ।

सह-संयोजक साहले नगरपालिकाका स्वास्थ्य संयोजक राजनारायण ठाकुरको लुम्बिनी ५५ प ५४३९ नम्बरको मोटरसाइकलमा नाइट्राभेट २७ ट्याब्लेट र स्पासमो १५ ट्याब्लेट लागुअ‍ौषध राखेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको एसपी बज्राचार्यले बताएका छन् ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -