२०८३ जेष्ठ ३ गते, आईतवार १९:२८

पाटन अस्पतालका चिकित्सकहरू आन्दोलित

काठमाडौं/पाटन अस्पतालमा आकस्मिकबाहेकको सेवा ठप्प भएकाे छ।

अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले कार्यस्थलमा काम गर्ने वातारण नभएको भन्दै आकस्मिकबाहेकको सेवा ठप्प पारेका हुन्।

उनीहरूले चिकित्सकमाथि हातपात गर्ने मानिसलाई प्रकाउ नगरेसम्म आकस्मिक बाहेक सेवा बन्द गर्ने चेतावनीसमेत दिएका छन्।

शनिबार पाटन अस्पतालमा उपचाररत दुई बिरामीको सुईको माध्यमबाट औषधी दिएको केहीबेरमै मृत्यु भएपछि आक्राेशित आफन्तले चिकित्सकमाथि हातपात गरेका थिए।

शनिबार अपरान्ह ४ः३० बजे इक्जेन्सन दिएलगत्तै ओखलढुंगाकी ९६ वर्षीया जनमाया राई र मकवानपुरका ६७ वर्षीय कृष्णबहादुर नगरकोटीको मृत्यु भएको थियाे।

नगरकोटी कात्तिक १० र राई १६ गते उपचारका लागि अस्पतालमा भर्ना भएका थिए।

प्रतिक्रिया लेख्नुहोस्

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

Live

Listen Live FM