२०८२ असार २१ गते, शनिबार २३:१३

पूर्व अध्यक्ष चौधरीद्वारा एमाले परित्याग

धिरेन्द्र तिवारी/

वीरगंज/पटेर्वा सुगौली गाउँपालिकाका पूर्व अध्यक्ष हरिनारायण चौधरीले आफू आवद्ध नेकपा एमाले पार्टी परित्याग गरेको खबर प्राप्त हुन आएको छ।

२०७९मा भएको स्थानीय तहको निर्वाचनमा एमालेबाट नै पालिका प्रमुखमा भाग लिएका भएपनि पार्टीबाट सकारात्मक सहयोग नहुँदा पराजय बेहोर्नु परेदेखि नै पार्टी गतिविधि प्रति असंतुष्ट रहँदै आएका चौधरीले यतिबेला आएर पार्टी परित्याग गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ।

चौधरीले पार्टी परित्याग गरेपनि यसबारे केहि सार्वजनिक गरेका छैनन्। चन्द्रसूर्य वाणीले वहाँलाई सम्पर्क गरेर पार्टी परित्याग गर्नु परेको कारण, अब कुन पार्टीमा लाग्ने भन्ने जिज्ञासा राख्न खोज्दा सम्पर्कमा आउन चाहेनन्।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM