२०८३ असार २७ गते, शनिबार २१:५२

प्रिंसिपल स्वर्णकार हत्याप्रकरण: एक महिलासहित पाँच अभियुक्त सार्वजनिक

बारा/ कलैया उपमहानगरपालिका-६ निवासी बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकारको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

प्रहरीले स्वर्णकरको हत्याको मुख्य योजनाकार तथा सूचना आदानप्रदान गर्ने कलैया उपमहानगरपालिका–६ मदरसा टोल बस्ने २२ वर्षीया राधा गुप्ता, सोही स्थानका ३४ वर्षीय जमिल अख्तर र वडा नम्बर ९ रामपुर बस्ने २६ वर्षीय रियाज अंसारीलाई सार्वजनिक गरेको हो।

मृतक रुपेश स्वर्णकार/फाइल फोटो जिप्रका बारा

यसैगरी उनको हत्यामा संलग्न शुटर भारत बिहारको मोतीहारीका २३ वर्षीय चन्दन कुमार र मोतीहारीकै २३ वर्षीय अभिनव कुमार राजपूतलाई पनि प्रहरीले सार्वजनिक गरेको छ।

हालसम्मको अनुसन्धानमा विवाहेत्तर प्रेम सम्बन्धका कारण हत्या भएको देखिएको बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए।

उनका अनुसार पक्राउ परेकी राधा गुप्ता विगत तीन वर्षदेखि भारत बस्ने मनोज गुप्‍तासँग (विवाहित) प्रेम सम्बन्धमा रहेको र सोही विषयमा मनोज र रुपेश स्वर्णकारबीच विवाद हुँदै आएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM