Friday, February 7, 2025
घरक्राइम चेकबिपिसी कलेजको छतबाट हाम फालेर आत्महत्या प्रयास गरेका विद्यार्थी को हुन?

बिपिसी कलेजको छतबाट हाम फालेर आत्महत्या प्रयास गरेका विद्यार्थी को हुन?

वीरगंज/वीरगंजको पानीटंकीमा रहेको वीरगंज पब्लिक कलेजमा अध्ययनरत एक विद्यार्थीले क्याम्पस भवनको छतबाट हाम फालेर आत्महत्याको प्रयास गरेका छन् ।

१२ कक्षामा अध्ययनरत करिब १८ वर्षीयका राजीव महतोले बुधवार बिहान ७ बजेको समयमा क्याम्पसको तेस्रो तल्लाबाट हाम फालेर आत्महत्याको प्रयास गरेको क्याप्स प्रहरी स्रोतबाट जानकारी हुन आएको छ ।

बाराको विश्रामपुर गाउँपालिका-५ नकटुवा निवासी महतोलाई शुरुमा नजिकै रहेको प्रभु हस्पिटलमा उपचारको लागि लगिएको थियो भने यतिखेर नेपाल मेडीसिटी वयोधा अस्पतालमा उपचार भइरहेको जनाईएको छ।

महतोको खुट्टा भाँच्चिएको छ भने उनको चिउँडो र हातमापनि गम्भीर चोट लागेको छ, कानबाट अत्यधिक रक्तश्राव भएको थियो।

क्याम्पस स्रोतका अनुसार छिमेकी एक महिलाले बिहान क्याम्पस भवन पछाडिको खाली जग्गामा महतो लडेको अवस्थामा देखेर शिक्षक र विद्यार्थीहरूलाई खबर गरेकी थिइन् । त्यसपछि क्याम्पसका विद्यार्थी र कर्मचारीले महतोलाई उद्धार गरी नजिकको प्रभु अस्पतालमा पुर्‍याएका थिए । प्रभु अस्पतालमा उनको उपचार सम्भव नभएपछि थप उपचारका लागि बयोधा अस्पतालमा लगिएको बताइन्छ।

महतोले किन र कसरी हाम फालेका हुन् भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -