Friday, February 7, 2025
घरक्राइम चेकसाबित्रा सुवेदीले "वध" गर्नुपर्छ भनेपछि सन्दीप लामिछाने साइबर ब्युरो जाने तयारीमा

साबित्रा सुवेदीले “वध” गर्नुपर्छ भनेपछि सन्दीप लामिछाने साइबर ब्युरो जाने तयारीमा

काठमाण्डौ/नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछाने साइबर ब्युरो जाने तयारीमा छन्।

काठमाण्डौ जिल्ला अदालतमा बलात्कार मुद्दाको फाइनल सुनुवाइको प्रतीक्षामा रहँदा एक सार्वजानिक टेलिभिजन कार्यक्रममार्फत् लामिछानेलाई ‘वध’ गर्नुपर्ने अभिव्यक्तिपछि उजुरी गर्ने तयारी गरेका हुन्।

बिकी अग्रवालको कार्यक्रम ‘आम्मा कसम या दुख्छ’ मा गेस्टका रूपमा बोलाइएकी सावित्रा सुवेदी ‘जयनारी’ ले उनलाई वध गर्नुपर्ने अभिव्यक्ति दिएपछि सन्दीपले कानुनी उपचार खोज्ने तयारी गरेको उनका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले जानकारी दिए।

‘अदालतबाट प्रमाणित नभएका विषयमा सार्वजानिक रूपमा कसैलाई जबर्जस्त आरोप लगाएर वध (हत्या) गर्ने अभिव्यक्तिले गम्भीर बनाएको छ। सार्वजनिक रूपमा हत्या गर्नुपर्छ भनेर अभिव्यक्ति दिएपछि स्वाभाविक रूपमा कानुनी लडाइँको विकल्प हामीसँग छैन’, उनले भने।

कार्यक्रम प्रस्तोता बिकी अग्रवालले सन्दीप र पलको फोटो देखाएपछि सावित्राले सन्दीपमाथि गम्भीर टीप्पणी गर्दै वध गर्नुपर्ने अभिव्यक्ति दिएकी थिइन्। सन्दीपका वकिल घिमिरेले व्यक्तिको इज्जत प्रतिष्ठालाई कमजाेर बनाउन सुनियोजित तरिकाले दिएको अभिव्यक्ति भएको भन्दै स्वतन्त्र मिडियाको अवधारणामा अदालतमा विचाराधीन मुद्दालाई प्रभावित बनाउने प्रयास गरिएको बताए।

‘मुद्दा अदालतमा विचाराधीन छ, सार्वजानिक रूपमा मुद्दाको अन्तरवस्तुको विषयमा बोल्न अदालतले रोकेको छ। यस्तोमा कुनै सार्वजानिक टेलिभिजनमार्फत उनको हत्या गर्नुपर्ने अभिव्यक्ति आउनु वाक स्वतन्त्रताको चरम दुरुपयोग हो’, उनले भने।

घिमिरेले कार्यक्रम निर्माता, प्रस्तोता तथा बोल्ने गेस्ट विरुद्ध साइबर क्राइमको मुद्दा दर्ता गर्ने तयारी अन्तिम चरणमा पुगेको बताए।

‘हामीले प्रसारण भएको संस्था, प्रस्तोता तथा बोल्ने र संलग्न अन्यहरूको विरुद्धमा मुद्दा दर्ताको तयारी गरेका छौं। एक-दुई दिनमा मुद्दा दर्ता गर्ने छौं’, उनले भने।

उनले गम्भीर विषय भएकाले अदालतमा समेत जान सक्ने बताए।

‘एक सार्वजानिक र लोकप्रिय खेलाडीलाई हत्या गर्ने धम्की दिनु उनको सुरक्षाको समेत प्रश्न हो। देशका लागि मैदानमा डटिरहेको खेलाडीलाई हत्या धम्की दिँदा प्रहरीले उजुरीबिना नै समात्नु पर्ने हो। तर निर्वाध रूपमा यस्ता अभिव्यक्तिले स्थान पाउनु र सुरक्षा निकाय मुकदर्शक बन्नुले समेत उनको सुरक्षा चुनौती थपिएको छ’, उनले भने।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -