२०८२ माघ ९ गते, शुक्रबार १०:४१

रिगलको सजाय छुटविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा

काठमाडौँ /गुण्डा नाइके रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको अवसरमा राष्ट्रपतिद्वारा गरिएको कैद मिनाहाविरुद्धको रिट हेर्दाहेर्दैमा राखिएको छ।

मंगलबार सर्वोच्चको पूर्ण इजलासमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट भएको निर्णयविरुद्ध परेको रिटको सुनुवाइ सुरु भएको हो। पहिलो दिन निवेदक पक्षका कानुन व्यवसायीहरुले बहस गरेका छन्। मंगलबार बहस नसकिएले बुधबारका लागि हेर्दाहेर्दैमा राखिएको छ।

रिटको सुनुवाइका लागि न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडाल सम्मेलित पूर्ण इजलास गठन गरिएको छ। चेतन मानन्धरलाई क्रुरता पूर्वक हत्या गरेको अभियोगमा दोषी ठहर भइ ढकाल जन्मकैदको सजाय भोगिरहेको अवस्थामा सरकारले सजाय छुट दिएको हो। कैद मिनाह भएका उनलाई पुनस्पक्राउ गरी सजाय दिन माग राख्दै उनी पूर्व पत्नी भारती मानान्धरले रिट निवेदन दिएकी हुन्।

२०७२ असार २८ गते बाँकेको नेपालगञ्ज १६ स्थित मुख्य सडकमै रहेको ज्योति सिम्ताली होटेलअगाडि रिगलसहित करिब १५ जनाको समूहले स्थानीय चेतन मानन्धरको हत्या गरेको पुष्टि भएको थियो।

हत्या प्रकरणमा बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७५ वैशाख ११ गते रिगललाई जन्मकैदको सजाय हुने फैसला सुनाएको थियो।

२०७२ भदौ ७ गते पक्राउ परेका उनलाई २०९२ भदौ ६ गतेसम्म कैद गर्नुपर्ने फैसला भए पनि गत असोज ३ गते संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले रिगलको बाँकी कैद मिनाहा गरिदिएका हुन्।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88
zeonslot m77
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM