Sunday, March 23, 2025
घरक्राइम चेकहमासको आक्रमणपछि बेपत्ता थिइन् छोरी, आमाले मृत्युको पुष्टी गरिन्

हमासको आक्रमणपछि बेपत्ता थिइन् छोरी, आमाले मृत्युको पुष्टी गरिन्

काठमाडौं । अक्टोबर ७ मा हमासको आक्रमणपछि बन्धक बनाइएकी जर्मन–इजरायली महिला शानी लककी आमाले आफ्नी छोरीको मृत्यु भएको बताएकी छन् ।

जर्मन मिडियासँग कुरा गर्दै रिकार्डा लकले आफूलाई इजरायली सेनाले खप्परको हड्डीबाट लिएको डीएनए नमूना शैनीसँग मिलेको जानकारी दिएको बताइन् ।

तर, उनको शव अहिलेसम्म फेला परेको छैन ।

शैनीकी बहिनीले पनि सामाजिक सञ्जालमा उनको मृत्युको पुष्टि गरेकी छिन् । एडी लकले एक इन्स्टाग्राम पोस्टमा लेखिन्, “२२ वर्षीय शैनी अक्टोबर ७ मा इजरायलमा हमासको आक्रमणमा मारिइन्।”

तर शैनीको खप्परको भाग कहाँ र कहिले भेटियो भन्ने कुरा मिडिया रिपोर्टबाट खुल्न सकेको छैन ।

शैनि लक किबुट्ज नजिकैको एक संगीत समारोहमा थिइन् जुन हमासको आक्रमणको निशाना थियो।

यस संगीत महोत्सवमा सहभागी हुन आएका २६० भन्दा बढी मानिस मारिएका थिए भने धेरैलाई हमास लडाकुहरूले बन्धक बनाएका थिए।

आक्रमणको लगत्तै सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भयो, जसमा एक महिलाको शव ट्रकमा लादिएको र सडकमा लगिएको देखियो। उक्त ट्रकमा सशस्त्र लडाकुहरू थिए र केही मानिसहरू ‘अल्लाहु अकबर’ भन्दै नारा लगाएका थिए।

तर, भिडियोमा महिला सुतेकी थिइन् र उनको अनुहार देखिएन । तर उनको परिवारले शैनीलाई उनको शरीरमा रहेको ट्याटुबाट पहिचान गरेको दाबी गरेको थियो ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -